सर्जकको हविगत

‘नक्कली प्रचण्ड’ २ वर्षदेखि ओछ्यानमा क्यान्सरसँग लड्दै

दमक, १३ जेठ / पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नक्कल गरेर ‘नक्कली प्रचण्ड’ भनेर चिनिनु भएका हास्यकलाकार घनश्याम गौतम पछिल्लो २ बर्षदेखि क्यान्सर रोगले ओछ्यान पर्नुभएको छ ।

 

झापा घर भएर काठमाडौंमा कलाकारिता गर्दै गर्दा विरामी पर्नुभएका उहाँ काठमाडौं मेडिकल कलेजमा क्यान्सर रोगसँग लड्दै गरेको र उहाँलाई उपचारका लागि आर्थिक सहयोग आवश्यक रहेको कलाकार शिशिर भण्डारीले उल्लेख गर्नुभएको छ । भण्डारीले आफूले गौतमलाई अस्पतालमा भेटेर १५ हजार सहयोग प्रदान गर्दै उहाँको जीवन बचाउन सबै कलाकारले सक्दो सहयोग गर्न आवश्यक रहेको जनाएर सहयोगको आव्हाननै गर्नुभएको छ ।

 

थुप्रै रंगमञ्च, सिरियल तथा प्रहसनहरुमा आफ्नो कलाकारिता प्रस्तुत गर्ने क्रममा पछिल्लोपटक प्रचण्डको क्यारिकेचर गरेर चर्चामा आउनु भएका गौतमलाई बचाउन राज्य पक्षको समेत दायित्व रहेको कलाकारहरुले आवाज उठाइरहेका छन् ।

 

कलाकारितामै व्यस्त भइरहेको बेला २०८० असारबाट उहाँ विरामी पर्नुभयो । ठूलो आन्द्राको क्यान्सरबाट पीडित उहाँ अहिले क्यान्सरसँगै मिर्गौला र मानसिक समस्याबाट ग्रसित रहनु भएको छ । उहाँकी श्रीमती युगज्योतिले भक्तपुर क्यान्सर अस्पतालको लापरबाहीका कारण श्रीमानको यस्तो हालत भएको जिकिर गर्दै आउनु भएको छ ।

 

उहाँलाई डेढ वर्षअघि सक्कली प्रचण्डले समेत भेटेर प्रभावकारी उपचार गराउने प्रवन्ध मिलाउने भन्नुभएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर