दमक, १४ जेठ / दमक ६ नम्बर वडा कार्यालयको सहकार्यमा पतञ्जली योग दमक नगरसमिति र दमकमा रहेका योग साधना केन्द्रहरुको आयोजनामा सह योग शिक्षक प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
दमक ६ का वडा अध्यक्ष टेक बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि समितिका प्रदेश सदस्य मीना कोइराला, झापा जिल्ला कोषाध्यक्ष बिष्णु भट्टराई उप्रेती, जिल्ला सल्लाकार सदस्य हरि पाठकको आतिथ्यतामा सहभागिलाई प्रमाणपत्र वितरण गरिएको छ ।
समाज सुधार प्रतिष्ठानका संयोजक सोमनाथ तिम्सिनाको अध्यक्षताको कार्यक्रममा सबैभन्दा कम उमेरका योग शिक्षक बाल आश्रम साधना केन्द्र कि लक्ष्मी भट्टराई र बढी उमेरका पशुपति साधना केन्द्रका ७४ वर्षीय इन्द्रप्रसाद आचार्यलाई सम्मान गरिएको छ ।









