दमक, १६ जेठ / ड्रिमल्याण्ड बाल क्लब दमक ५ ले तीन वटा टोलमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले गणतन्त्र दिवसका अवसरमा वडाको गोर्खाली, प्रजिता र दीपिनी टोलमा सरसफाई गर्दै विरुवा नभएका सडक किनारामा वृक्षरोपण गरिएको बाल क्लबका संरक्षक मनोज बुढाथोकीले जनाउनु भयो ।









