अर्गानिक धुप बनाउने काममा आकर्षण

दमक, १६ जेठ / पहाडे काँचो कागजमा औषधिजन्य धुलोको मिश्रम बाटेर अर्गानिक धुप बनाउने कामले घर व्यवहारमा केही मद्धत पुग्ने बुझेर दमक ५ नम्बर वडाले आर्थिक व्यवस्थापन गरेको त्यसखाले तालिममा महिलाहरु चासोपूर्वक सहभागि भएका छन् ।

 

दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्न प्रालि कमलको प्राविधिक सहयोगको ५ दिने सो तालिम बुधबार सम्पन्न भएको छ । धुपी, भैरमपाती, कुमकुमपाती, कपुर, तितेपाती लगायतका औषधीय तथा अर्गानिक सुगन्धित धुपजन्य बस्तु मिसाएर गरिने धुप निर्माणको तालिममा २० जना महिलाहरु उत्सुकतापूर्वक सहभागि बनी तालिम उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन् ।

 

तालिम समापनका अवसरमा बोल्दै ५ नम्बर वडाअध्यक्ष इन्द्रबहादुर गुरुङले यसअघि धेरैखाले सीपमुलक तालिम प्रदान गरिएपनि प्रशिक्षार्थीबाट खासै व्यवसायिक गतिविधि नभएको उल्लेख गर्दै धुपको तालिमबाट भनें उपलब्धि हुने अपेक्षा गर्नुभयो ।

 

यसप्रकारको अर्गानिक धुपको माग बढ्दै आएको अवस्थालाई दिव्यदृष्टि भेनेरेसनले अर्गानिक धुप उत्पादनको काम गर्दै आएको यसका प्रमुख विष्णुप्रसाद पोखरेलले जनाउनु भयो । देव कार्य र पितृ कार्यमा बालिने यसप्रकारको धुपलाई अब लामखुट्टे भगाउने धुपका रुपमा पनि विकास गर्ने तयारी चरणमा रहेको नविन योजना समेत उहाँले सुनाउनु भयो ।

 

विगत ५ वर्षदेखि यसखाले धुप बनाउने काम गर्दै आउनु भएकी ‘सहृदयता’ धुप उद्योगकी सञ्चालक खेमकुमारी संग्रौला ओली र दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्न प्रालिकी सञ्चालक वविता तिम्सिना पोखरेलले तालिमको सहजीकरण गर्नुभएको थियो । सो क्रममा प्रशिक्षक पोखरेलले आफूहरुले धुपको बजारीकरणमा सघाउने पनि जनाउनु भयो । तालिम समापनसँगै प्रशिक्षार्थीहरुलाई धुपको कच्चा पदार्थ समेत वितरण गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर