अर्गानिक धुप बनाउने काममा आकर्षण

दमक, १६ जेठ / पहाडे काँचो कागजमा औषधिजन्य धुलोको मिश्रम बाटेर अर्गानिक धुप बनाउने कामले घर व्यवहारमा केही मद्धत पुग्ने बुझेर दमक ५ नम्बर वडाले आर्थिक व्यवस्थापन गरेको त्यसखाले तालिममा महिलाहरु चासोपूर्वक सहभागि भएका छन् ।

 

दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्न प्रालि कमलको प्राविधिक सहयोगको ५ दिने सो तालिम बुधबार सम्पन्न भएको छ । धुपी, भैरमपाती, कुमकुमपाती, कपुर, तितेपाती लगायतका औषधीय तथा अर्गानिक सुगन्धित धुपजन्य बस्तु मिसाएर गरिने धुप निर्माणको तालिममा २० जना महिलाहरु उत्सुकतापूर्वक सहभागि बनी तालिम उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन् ।

 

तालिम समापनका अवसरमा बोल्दै ५ नम्बर वडाअध्यक्ष इन्द्रबहादुर गुरुङले यसअघि धेरैखाले सीपमुलक तालिम प्रदान गरिएपनि प्रशिक्षार्थीबाट खासै व्यवसायिक गतिविधि नभएको उल्लेख गर्दै धुपको तालिमबाट भनें उपलब्धि हुने अपेक्षा गर्नुभयो ।

 

यसप्रकारको अर्गानिक धुपको माग बढ्दै आएको अवस्थालाई दिव्यदृष्टि भेनेरेसनले अर्गानिक धुप उत्पादनको काम गर्दै आएको यसका प्रमुख विष्णुप्रसाद पोखरेलले जनाउनु भयो । देव कार्य र पितृ कार्यमा बालिने यसप्रकारको धुपलाई अब लामखुट्टे भगाउने धुपका रुपमा पनि विकास गर्ने तयारी चरणमा रहेको नविन योजना समेत उहाँले सुनाउनु भयो ।

 

विगत ५ वर्षदेखि यसखाले धुप बनाउने काम गर्दै आउनु भएकी ‘सहृदयता’ धुप उद्योगकी सञ्चालक खेमकुमारी संग्रौला ओली र दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्न प्रालिकी सञ्चालक वविता तिम्सिना पोखरेलले तालिमको सहजीकरण गर्नुभएको थियो । सो क्रममा प्रशिक्षक पोखरेलले आफूहरुले धुपको बजारीकरणमा सघाउने पनि जनाउनु भयो । तालिम समापनसँगै प्रशिक्षार्थीहरुलाई धुपको कच्चा पदार्थ समेत वितरण गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितको उद्धारमा रास्वपा २४ घण्टा मैदानमा : प्रवक्ता खरेल

काठमाडौं , भदौ १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा

उद्धारमा विदेशी टोली परिचालन, शव व्यवस्थापनमा चुनौती

काठमाडौँ ,१४ भदौ। भोटेकोशीमा आएको बाढीको कारण ठुलो मानवीय र भौतिक क्षति भएको छ ।बुधवार रसुवा भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा जिल्लासमेत प्रभावित

बाढीपीडितको साथमा ‘फिरिरी’, १० लाखभन्दा बढीको राहत प्रदान

काठमाडौं , भदौ १४ । नेपाली युवाद्वारा स्थापित डिजिटल कम्पनी फिरिरी भेन्चर्सले बाढी प्रभावित क्षेत्रमा १० लाख रुपैयाँ बढीको राहत सामग्री उपलब्ध गराएको छ ।गत

फ्रिजरदेखि डीएनए किटसम्म अभाव, शव व्यवस्थापनमा सरकारलाई सकस

काठमाडौं , भदौ १४ । भोटेकोशी बाढीपछि संकलित शवहरू कुहिन थालेपछि सुरक्षित व्यवस्थापन सरकारका लागि मुख्य चुनौती बनेको छ । शव सुरक्षित राख्न कम्तीमा एक हजार

बाढी प्रभावितको सेवामा काठमाडौं महानगरका ७ एम्बुलेन्स परिचालन : सुनिता डंगोल

काठमाडौं , भदौ १४ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद्को सुरुवाती दिनदेखि नै महानगरले आवश्यकता अनुसार फिल्डमै पुगेर सहजीकरण, सहयोग र हातेमालो गर्दै

बाढीपीडितका नाममा जथाभावी सहयोग नउठाउन प्रशासनको चेतावनी

झापा, भदौ १४ । रसुवा भोटेकोशीका बाढीपीडितहरुको नाममा जथाभावी आर्थिक एवं अन्य राहत सामग्री संकलन गर्ने क्रियाकलाप नगर्न जिल्ला प्रशासन कार्यालय झापाले चेतावनी दिएको छ