दमक, १६ जेठ / झापाको दमकमा रहेको आस्था तथा युनिक कलेजबाट सञ्चालित पाथीभरा कुलिनरी आर्ट प्रालि उत्कृष्ठ होटल मेनेजमेन्ट संस्थाका रुपमा भारतमा सम्मानित भएको छ ।
मेरिट अवार्ड एण्ड मार्केट रिसर्च प्रालिले भारतको मुम्बईस्थित पाँचतारे होटल होलिडे इनमा आयोजना गरेको ग्लोबल कुलिनरी एण्ड हस्पिटालिटी एक्सलेन्सी अवार्ड २०२५ बाट पाथीभरा कुलिनरी सम्मानित भएको हो । सो कार्यक्रममा लेजेन्ड्री सेफ लाइफटाइम एचिभमेन्ट अर्वाडबाट पाथीभराका ब्रान्ड एम्बासेडर सेफ साई कुमार शर्मा सम्मानित बन्नु भएको छ ।
आस्था तथा युनिक कलेजले यसखाले अन्तर्राष्ट्रियस्तरको सफलता हाँसिल गर्ने पाथीभरा कुलिनरीको टिमलाई विशेष धन्यवाद प्रदान गरेको छ ।
मास्टर सेफ सञ्जीव कुमारको कार्यक्रममा प्रमुख आतिथ्यता रहेको थियो ।









