पत्रकारहरुको साहित्यिक लगाव बढ्दै

गोपाल झापालीको ‘हिजाब’ माथि सहकर्मी संवाद

पुस्तक केन्द्रीयस्तरकै नेपाली साहित्यको पंक्तिमा रहेको परिचर्चा

दमक, १७ जेठ / पत्रकारहरुले साहित्यमा पनि कलम चलाउँदे कृति प्रिकाशित गर्ने क्रम नेपालमा पनि बढेको छ । यसै सन्दर्भमा झापाका पत्रकार गोपाल झापालीको पहिलो कृति कथा संग्रह ‘हिजाब’का सन्दर्भमा दमकका सहकर्मीहरुसग संवाद भएको छ ।

 

केही समय अघि काठमाडौंमा लोकार्पित सो कृतिको शनिबार दमकस्थित पत्रकार मञ्चमा एक कार्यक्रमको आयोजना गरी संवाद गरिएको हो । संवाद सुरु गर्नुअघि लेखक झापालीले पुस्तकको लेखन पृृष्ठभूमिबारेमा सहकर्मीहरुलाई जानकारी गराउनु भएको थियो । २ दशक बढी समयदेखि पत्रकारितामा सक्रिय उहाँले आफू पत्रकारितामा आउनु अघिदेखि नै निवन्ध र कथाहरु लेख्ने गरेको सुनाउँदै आफूलाई मन पर्ने विधा भएकाले आख्यानको पुस्तक प्रकाशित गरेको जानकारी गराउनु भयो । मुस्लिम समुदायकी महिलाले सुन्दरता व्यवस्थापन गर्न लगाएको घुम्टोलाई ‘हिजाब’ विम्बका रुपमा प्रयोग गर्दै संग्रहको नामाकरण गरिएको झापालीले प्रष्ट्याउनु भयो ।

 

यसपछि झापालीका सहकर्मीहरुले ‘हिजाब’बारे र उहाँसगको सम्बन्धका बारेमा समेत स्मरण गरेका थिए । यसै क्रममा पत्रकार विमल लामिछानेले उहाँको कृतिको सफलताको शुभकामना दिदै झापालीको लेखनकला र पहिलो भेटको रोमाञ्चक स्मरण सुनाउनु भएको थियो ।

 

कार्यक्रममा पुस्तकबारेमा बोल्दै साहित्यकार तथा पत्रकार भूपेन्द्रराज तिम्सिनाले पत्रकारितामा साहित्यको शिल्प आवश्यक पर्ने भएकाले झापालीको त्यो शिल्प कथामा समेत पोखिनु प्रशंसनीय काम भएको प्रसंग अघि सार्नुभयो । उज्यालो खबरका सम्पादक समेत रहनु भएका तिम्सिनाले पुस्तक निकै वजनदार भएको र कथामा प्रस्तुत भएका विषयहरु समसामयिक र यूवा पुस्तालाई छुने खालको भएको भन्दै झापालीको प्रंशसा गर्नु भएको थियो ।

 

साहित्यकार धनकुटे कान्छाले पुस्तकको सज्जीसज्जावट र पुस्तकभित्रका खुराकको कलात्मकलाताले पुस्तक केन्द्रीयस्तरकै नेपाली साहित्यको पंक्तिमा रहेको जनाउनु भयो ।

 

सो अवसरमा पत्रकारहरु पंकज दाहाल, विष्णुप्रसाद पोखरेल, कमन देवान, मनकुमार गदाल, युवराज विवश, सुदिप अधिकारी, कानुन व्यवसायी लक्ष्मी निरौलासहितले झापालीको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरे । भुँडीपुराण प्रकाशनद्धारा प्रकाशित संग्रहमा २१ वटा कथा समावेश भएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट