विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा विद्यालयमा आयोजित नाटक प्रतियोगितामा विद्यार्थीहरूकोे प्रस्तुति

कमल गाउँपालिका – ५ स्थित मंगलमय माध्यमिक विद्यालयमा एक सचेतनामूलक कार्यक्रम सम्पन्न

महिनावारीका समयमा देखिने शारीरिक र मानसिक समस्यासँगै समाजमा व्याप्त अन्धविश्वास र रुढीवादी दृष्टिकोणलाई प्रष्टसँग चित्रण

झापा जेठ १८ । महिनावारी महिलाको जीवनसँग जोडिएको एक प्राकृतिक प्रक्रिया हो । तर अझै पनि यस विषयमा समाजमा अनेक भ्रम, संकोच र रुढीवादी सोच व्याप्त छन् । यिनै सोचलाई बदल्ने प्रयासस्वरूप झापा, कमल गाउँपालिका – ५ स्थित मंगलमय माध्यमिक विद्यालयमा एक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

 

मे २८, विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा विद्यालयमा आयोजित नाटक प्रतियोगितामा विद्यार्थीहरूले प्रस्तुति दिएका थिए । सात वटा समूहले प्रस्तुत गरेको नाटकमा महिनावारीका समयमा देखिने शारीरिक र मानसिक समस्यासँगै समाजमा व्याप्त अन्धविश्वास र रुढीवादी दृष्टिकोणलाई प्रष्टसँग चित्रण गरिएको थियो । नाटकमा स्वास्थ्यकर्मीको भूमिकामा देखिएका विद्यार्थीहरूले समस्याको समाधानका उपायहरू समेत प्रस्तुत गरका थिए ।

हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप हुँदै आएको विद्यालयमा यो पटक, विद्यार्थीहरूको चासो र समाजमा सकारात्मक सन्देश फैलाउँने उद्देश्यले यो सचेतनामूलक नाटक प्रदर्शन गरिएको बिद्यालयका प्रधानाध्यापक मोहन बगालेको भनाइ छ ।
रङ्गकर्मी राज थापा स्थानीयस्तरमा निर्माण गरिने यस्ता नाटकले समाजमा परिवर्तन ल्याउँन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुहुन्छ ।

यस्ता प्रकारका कार्यक्रमले समाजमा रहेको परम्परागत सोच र भ्रमलाई तोड्दै स्वस्थ सोच विकास गर्ने अपेक्षा बिद्यालयले लिएको बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष टिकाराज सापकोटाको भनाइ छ ।

कार्यक्रम कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय झापा र स्वास्थ्य इकाइ मंगलबारेको सहयोगमा सम्पन्न भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका