विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा विद्यालयमा आयोजित नाटक प्रतियोगितामा विद्यार्थीहरूकोे प्रस्तुति

कमल गाउँपालिका – ५ स्थित मंगलमय माध्यमिक विद्यालयमा एक सचेतनामूलक कार्यक्रम सम्पन्न

महिनावारीका समयमा देखिने शारीरिक र मानसिक समस्यासँगै समाजमा व्याप्त अन्धविश्वास र रुढीवादी दृष्टिकोणलाई प्रष्टसँग चित्रण

झापा जेठ १८ । महिनावारी महिलाको जीवनसँग जोडिएको एक प्राकृतिक प्रक्रिया हो । तर अझै पनि यस विषयमा समाजमा अनेक भ्रम, संकोच र रुढीवादी सोच व्याप्त छन् । यिनै सोचलाई बदल्ने प्रयासस्वरूप झापा, कमल गाउँपालिका – ५ स्थित मंगलमय माध्यमिक विद्यालयमा एक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

 

मे २८, विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा विद्यालयमा आयोजित नाटक प्रतियोगितामा विद्यार्थीहरूले प्रस्तुति दिएका थिए । सात वटा समूहले प्रस्तुत गरेको नाटकमा महिनावारीका समयमा देखिने शारीरिक र मानसिक समस्यासँगै समाजमा व्याप्त अन्धविश्वास र रुढीवादी दृष्टिकोणलाई प्रष्टसँग चित्रण गरिएको थियो । नाटकमा स्वास्थ्यकर्मीको भूमिकामा देखिएका विद्यार्थीहरूले समस्याको समाधानका उपायहरू समेत प्रस्तुत गरका थिए ।

हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप हुँदै आएको विद्यालयमा यो पटक, विद्यार्थीहरूको चासो र समाजमा सकारात्मक सन्देश फैलाउँने उद्देश्यले यो सचेतनामूलक नाटक प्रदर्शन गरिएको बिद्यालयका प्रधानाध्यापक मोहन बगालेको भनाइ छ ।
रङ्गकर्मी राज थापा स्थानीयस्तरमा निर्माण गरिने यस्ता नाटकले समाजमा परिवर्तन ल्याउँन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुहुन्छ ।

यस्ता प्रकारका कार्यक्रमले समाजमा रहेको परम्परागत सोच र भ्रमलाई तोड्दै स्वस्थ सोच विकास गर्ने अपेक्षा बिद्यालयले लिएको बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष टिकाराज सापकोटाको भनाइ छ ।

कार्यक्रम कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय झापा र स्वास्थ्य इकाइ मंगलबारेको सहयोगमा सम्पन्न भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा