पर्यटन पत्रकारिता तालिम

कोशीकाे पर्यटन प्रचार गर्न पत्रकारलाई सबल बनाइँदै

सुर्योदयमा सुरु गरिएको तालिममा झापा, इलाम, पाँचथर र ताप्लेजुङका ३५ जना पत्रकार सहभागी भएका छन्।

करफोक, १९ जेठ /कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ लाई सार्थक बनाउने उद्देश्यसाथ पत्रकारलाई लक्षित गर्दै इलामको करफोकमा तीन दिने विशेष तालिम सुरु गरिएको छ । तालिमले पत्रकारको कलम र क्यामेरामार्फत प्रदेशका पर्यटकीय सम्भावना उजागर गर्ने विश्वास गरिएको छ ।

 

 

 

सुर्योदय नगरपालिका–११ स्थित खलङगा सामुदायिक होमस्टे परिसरमा सुरु गरिएको तालिममा झापा, इलाम, पाँचथर र ताप्लेजुङका ३५ जना पत्रकार सहभागी भएका छन् । उनीहरूलाई पर्यटन पत्रकारिता, स्थानीय संस्कृतिको प्रस्तुति, समाचारको रोचक एंगल र पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका लगायत विषयमा तालिम दिइँदैछ ।

 

 

 

उद्घाटन सत्रमा बोल्दै खलङ्गा होमस्टे अध्यक्ष चन्द्र सापकोटाले स्थानीय महिलाको सक्रिय सहभागिता र स्थानीय उत्पादनमा आधारित सत्कार पद्धति खलङ्गाको विशेषता भएको उल्लेख गर्नुभयो । “यहाँको होमस्टे सेवा अरूभन्दा फरक छ, महिला नेतृत्वमा सत्कार चलाउने र स्थानीय स्वादमा पाहुना भिजाउने हाम्रो विशेषता हो,” सापकोटाले भन्नुभयो ।

 

 

 

प्रदेश सरकारको पर्यटन वर्ष घोषणासँगै मिडियाको भूमिकालाई संस्थागत बनाउने हेतुले पर्यटन पत्रकार मञ्च झापा गठन गरिएको र यस मञ्चकै समन्वयमा पहिलोपटक पर्यटन पत्रकारिता सम्बन्धी तालिम आयोजना गरिएको मञ्च अध्यक्ष कमल पाण्डेले जानकारी दिनुभयो ।

 

वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले भन्नुभयो, “नेपालले विदेशीलाई बेच्ने भनेको पर्यटन र संस्कृति हो, तर अझै यसलाई देखिने बनाएर प्रस्तुत गर्न सकेका छैनौं । यो तालिमले पत्रकारलाई त्यसतर्फ मार्गदर्शन गर्नेछ ।”

 

कार्यक्रमका प्रमुख अतिथि तथा इलाम क्षेत्र नं. १ का सांसद महेश बस्नेतले “पर्यटन बेच्न सकिएको छैन, सन्चारमाध्यमको सहयोगमा यसलाई बिकाउ बनाउन सकिन्छ,” भन्दै सञ्चारकर्मीको भूमिका निर्णायक रहेको जनाउनु भयो ।

 

 

यसैबीच, काँकडभिट्टा पर्यटन कार्यालयका अधिकृत निरज कट्टेलले भन्नुभयो “यो वर्ष कोशीका पर्यटन स्थलको खोज र प्रवद्र्धनको सुरुवातको वर्ष हो, यसबाट आर्थिक प्रगति पनि हासिल गर्न सकिन्छ ।’

 

 

तालिम बुधबारसम्म चल्नेछ र सहभागी पत्रकारहरूले आफ्ना क्षेत्रमा फर्किएर पर्यटन प्रवद्र्धनका प्रभावशाली सामग्री उत्पादन गर्ने अपेक्षा गरिएको छ । करफोकमा चलेको यो तालिम कोशीको पर्यटनमा नयाँ ऊर्जा भरिदिने विश्वास गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट