आफ्‌नै गालो, आफ्‌नै लबटो

आफ्‌नै समुदायमा घृणा फैलाएको आरोपमा गुरुङ अमेरिकामा पक्राउ

यस घटनापछि नेपाली र भुटानी समुदायका अगुवाहरूले सामाजिक सञ्जालमा संयमित र उत्तरदायी व्यवहारको माग गरेका छन् ।

अमेरिका, १९ जेठ/ अमेरिकाको पेनसिल्भेनिया राज्यस्थित पिट्सबर्गमा बस्दै आउनु भएका नेपाली मूलका मिन गुरुङलाई सामाजिक संजालमार्फत समाजमा घृणा, धाक–धम्की र मानहानी गरेको अभियोगमा अमेरिकी सरकारले पक्राउ गरेको छ ।

 

आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) ले गुरुङलाई पश्चिम भर्जिनियाको हन्टिङ्टन क्षेत्रमा नियन्त्रणमा लिइ राखिएको पुष्टि भएको छ ।

 

 

गुरुङ लामो समयदेखि टिकटक लगायत सामाजिक सञ्जालमा सक्रिय रहँदै आउनु भएको थियो । गुरुङका सामग्रीहरूमा विशेष समुदाय जसमा नेपाली र भूटानीहरूलाई गाली–गलौज, धम्की र सामाजिक हत्या (चरित्र हत्या) गर्ने शैली देखिएको पाइन्छ । त्यस्ता भिडियोहरूले सामाजिक सद्भावमा प्रतिकूल असर पारेको भन्दै विभिन्न समुदायका लगायत नेपाली भाषी भूटानी प्रतिनिधिहरूले चर्को विरोध जनाएका थिए ।

 

 

पिट्सबर्गमा बसोबास गर्ने गुरुङविरुद्ध अनुसन्धान अघि बढाइएपछि पश्चिम भर्जिनियाको सहरमा पक्राउ गरिराखिएको स्रोत छ । गुरुङमाथि अमेरिकी आप्रवासन कानुन उल्लंघन, समाजमा द्वेष फैलाउने र व्यक्तिको मानमर्दन गर्ने किसिमका अभिव्यक्तिहरू सार्वजनिक गरेको अभियोग लगाइएको छ ।

 

 

पश्चिम भर्जिनियाका गभर्नर प्याट्रिक मोरिसीले जनवारी महिनामा “सामाजिक सञ्जालको दुरुपयोग गर्दै घृणा फैलाउने गतिविधिमा संलग्न जो–कोहीमाथि कडाइका साथ कारबाही गरिने बताउनु भएको छ । उहाँले संघीय निकायहरूसँग मिलेर आप्रवासन कानुनको कडाइका साथ पालना गरिने स्पष्ट पानुभएको छ ।

 

यस घटनापछि नेपाली र भुटानी समुदायका अगुवाहरूले सामाजिक सञ्जालमा संयमित र उत्तरदायी व्यवहारको माग गरेका छन् । सामाजिक माध्यमहरूमा असहिष्णुता, गालीगलौज, र चरित्र हत्या गर्नु आपराधिक गतिविधि भएको उनीहरूको भनाइ छ । साथै, कानुनी कारबाही निष्पक्ष र मानव अधिकारसम्मत ढंगले अघि बढाइनु पर्ने माग पनि गरिएको छ ।

 

 

त्यसो त भर्खरै मात्र, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ मे १९ मा ‘टेक इट डाउन एक्ट’मा हस्ताक्षर गर्दै यसलाई संघीय कानुनमा परिणत गर्नुभएको छ । यस कानुनले कसैको अनुमति बिना उनीहरूको निजी तस्बिर वा भिडिओहरू चाहे वास्तविक होस् वा एआई प्रविधिबाट बनाइएको ‘डीपफेक’अनलाइनमा पोस्ट गर्नुलाई अपराध ठहर गर्छ ।

 

 

हाल गुरुङ आईसीईको हिरासतमा रहेको र उहाँलाई अमेरिकाको आप्रवासन अदालतमा उपस्थित गराइने तयारी भइरहेको छ । यो घटना सामाजिक सञ्जालको दुरुपयोगले कसरी कानुनी अप्ठ्यारोमा पुर्‍याउन सक्छ भन्ने एक उदाहरणीय कार्य बनेको छ । टिकटकमा गुरूङ जेल गएको खबरले सबै टिकटक प्रयोगकर्ताहरू खुसीका साथ सतर्क भएको देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये