पथरी शनिश्चरे सिङ्गिङ् तथा डान्सिङ् आइडल प्रतिष्पर्धा

उत्कृष्ठलाई सृजनशीलताको विकासमा उत्प्रेरणा जगाउँदै

मनले बाँच्न र समाजलाई सृजनशील बनाएर अघि बढाउनु आजको आवश्यकता

पथरी, १९ जेठ / सृजना क्षेत्रको गतिविधिमा सक्रिय उत्तरपूर्वी मोरङको पथरी शनिश्चरेमा सञ्चालित नगरस्तरीय सिङगिङ तथा डान्सिङ आइडल प्रतिष्पर्धाका उत्कृष्ठ १० मा छानिएकाहरुलाई सृजनशीलताको प्रवद्र्धन सम्बन्धि उत्प्रेरणामूलक तालिम सञ्चालन गरिएको छ ।

 

नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिको आयोजनाको आइडल प्रतिष्पर्धामा फाइनलमा पुगेकाहरुलाई पत्रकार एवम् सर्जक भूपेन्द्रराज तिम्सिनाले सृजनात्मक गतिविधिका बारेमा जानकारी गराउनु भयो । मनले बाँच्न र समाजलाई सृजनशील बनाएर अघि बढाउनु आजको आवश्यकता भएकाले सर्जकको भूमिका सोही अनुरुपको हुनुपर्ने विषय उहाँले गहन रुपमा अघि सार्नुभयो । कार्यक्रममा छनोटमा परेकाहरुलाई संस्थाका उपाध्यक्ष हरेन्द्र खत्री, सचिव लक्ष्मीप्रसाद फूयाँल, कोषाध्यक्ष अर्जुन सेञ्चुरीसहितले कार्यक्रमको लोगो अंकिट टिसर्ट वितरण गर्नुभयो । ३ दिने बन्द प्रशिक्षणको दोस्रो दिन नाट्यकर्मी जीवन बरालले अभिनय कला र प्रस्तुतिकरणका सन्दर्भमा सहजीकरण गर्नुभयो ।
मंगलबार (भोलि) इलाका प्रहरी कार्यालयमार्फत लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामूलक अभिमुखीकरण गरिने छ ।

 

पथरी शनिश्चरेको शिविरमा रहेका २ जना भुटानी शरणार्थी समेत गरी दुबै विधाबाट उत्कृष्ठ १०/१० मा परेकाहरुलाई जेठ २४ गते फाइनल प्रतिष्पर्धामा उतारिने छ ।

 

गायनतर्फ वडा नम्बर १ का रोश्नी गुरुङ, रिक्जन दर्नाल, उमेश विश्वकर्मा, किरण प्रताप विक, ओसियन सेञ्चुरी, आवन्तिका बस्नेत र अनम पराजुली छानिनु भएको छ । वडा नम्बर २ बाट राज लोहार, तुलसा थापा, वडा नम्बर ४ बाट अभिशेक मेयाङ्बो उत्कृष्ठ १० मा पर्नुभएको छ ।
नृत्यतर्फ, वडा नम्बर १ बाट आयुषा दर्जी, निमिषा बस्नेत, २ बाट सितल कार्की, कृष्टिना तामाङ छनोटमा पर्न सफल हुनुभयो । वडा नम्बर ४ बाट युनिका राई, ९ बाट अनुस्का सुनाम दर्जी, युन्छोमा लिम्बू र गरिमा मगर चुनिन सक्नु भयो । भुटानी शरणार्थी रहेको वडा नम्बर १० बाट शिविरका वितेस राई र सुजता घिसिङ छनोटमा परेर फाइनल चरणमा प्रवेश गर्नुभएको छ । वडा नम्बर १० मा जन्मेका भुटानी शरणार्थीलाई जन्मदर्ताका आधारमा प्रतिष्पर्धामा सहभागि गराइएको छ ।

 

पहिलो अडिसनबाट हसन्दह र पथरीमा गरी नृत्यमा ११४ जना र गायनमा १०२ जनाले भाग लिएका थिए । जसमध्ये नृत्यतर्फ ४८ र गायनतर्फ ५७ गरी १०५जना छनोटमा परेका थिए ।

 

फाइनलमा दुबै विधाका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ४० हजार, २० हजार र १० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । गायनतर्फको कार्यक्रम अर्जुन सेञ्चुरी र नृत्यतर्फको रामबहादुर विश्वकर्माले संयोजन गर्नुभएको छ ।

 

कार्यक्रमको समापनका दिन नगरका चर्चामा रहेका लोकगायक गौरव दर्पणलाई नगद २५ हजार, मुहारचित्र र सम्मानपत्रले सम्मानित समेत गरिने कार्यक्रम रहेको छ । समग्र कार्यक्रमका लागि नगरपालिका कार्यालयको ६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । २०७५ मा नगरपालिकाको उपसमितिका रुपमा गठित समितिले साहित्य र कलाका गतिवधि वर्षेनी सञ्चालन गर्दै आएको समितिका अध्यक्ष धनराज राई अमीरले जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट