महावीर पुनलाई पथरी शनिश्चरेमा सम्मान

सम्मानमा पुनलाई उहाँकै मुहारचित्रको उपहार

०८० सालमा प्रकाशित सो पुस्तक हालसम्म १४ औं संस्करण गरी १ लाख ९५ हजार प्रति छापिइसकिएको छ ।

दमक, २० जेठ / आफ्‌नो आत्मकथाको पुस्तक बिक्री गरेर नवीन आविष्कार गर्ने अभियानमा लाग्नु भएका नेपाली चर्चित वैज्ञानिक डा.महावीर पुनलाई मोरङको पथरी शनिश्चरेमा सम्मानित गरिएको छ ।

 

आफ्‌नो आत्मकथाको पुस्तक महावीर पुन बिक्री अभियानका क्रममा पथरी शनिश्चरे आइपुग्नु भएका आविष्कार केन्द्रका प्रमुख पुनलाई एभरेष्ट आर्ट फ्यूजन र पथरी सेरामिक उद्योगको तर्फबाट उहाँकै मुहारचित्रले सम्मानित गरिएको हो । एक संक्षिप्त कार्यक्रमकाबीच पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापो र फ्यूजनकी संस्थापक अध्यक्ष सरोजा खड्गीले सेरामिक उद्योगमा पुनलाई सम्मानित गर्नुभएको हो । सो क्रममा चित्रकार खड्गीले माटोका दैनिक उपभोग्य तथा सजावटका आकर्षक सामग्री निर्माण गर्दै आएको सेरामिक उद्योगलाई सामग्री उत्पादन गर्ने आधुनिक मेसिन आविष्कारको आवश्यकता दर्शाउनु भयो । यसक्रममा पुनले सेरामिक मल (साँचो) निर्माणमा धेरै लगानी पर्ने भएकाले नेपालमा त्यो स्तरको काम गर्न अप्ठेरो परिरहेको जनाउनु भयो ।

 

पुनले वडा नम्बर २ मा रहेको सेरामिक उद्योगको चासोपूर्ण रुपमा अवलोकन गर्दै मौलिक कलाको काममा लागेको टिमलाई धन्यवाद प्रदान गर्नुभयो । त्यसक्रममा खड्गीले निर्माण गर्नुभएको प्रतिगोटा ६० हजार भन्दा बढी मूल्य पर्ने २ वटा चित्रकला (पेन्टिङ) आविष्कार केन्द्रलाई सौजन्य प्रदान गर्नुभयो । ती पेन्टिङ बिक्री गरेर आविष्कारको काममा लगाउन सौजन्य प्रदान गरिएको हो ।

 

कृषकका लागि कृषि औजार निर्माण गरेर सहुलियतमा उपलब्ध गराउने कामका लागि पुनले केही दिनयता मोरङका विभिन्न ठाउँमा पुस्तक बिक्री अभियान सञ्चालन गर्नुभएको छ । युवा पुस्तामा पठन संस्कृतिको विकाससँगै देशलाई सही मार्गबाट कसरी अघि बढाउने भन्ने उत्प्रेरणा भर्दै देशको थप माया जगाउन पुस्तकले सन्देश दिने पुनको विश्वास छ । ०८० सालमा प्रकाशित सो पुस्तक हालसम्म १४ औं संस्करण गरी १ लाख ९५ हजार प्रति छापिइसकिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।