महावीर पुनलाई पथरी शनिश्चरेमा सम्मान

सम्मानमा पुनलाई उहाँकै मुहारचित्रको उपहार

०८० सालमा प्रकाशित सो पुस्तक हालसम्म १४ औं संस्करण गरी १ लाख ९५ हजार प्रति छापिइसकिएको छ ।

दमक, २० जेठ / आफ्‌नो आत्मकथाको पुस्तक बिक्री गरेर नवीन आविष्कार गर्ने अभियानमा लाग्नु भएका नेपाली चर्चित वैज्ञानिक डा.महावीर पुनलाई मोरङको पथरी शनिश्चरेमा सम्मानित गरिएको छ ।

 

आफ्‌नो आत्मकथाको पुस्तक महावीर पुन बिक्री अभियानका क्रममा पथरी शनिश्चरे आइपुग्नु भएका आविष्कार केन्द्रका प्रमुख पुनलाई एभरेष्ट आर्ट फ्यूजन र पथरी सेरामिक उद्योगको तर्फबाट उहाँकै मुहारचित्रले सम्मानित गरिएको हो । एक संक्षिप्त कार्यक्रमकाबीच पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापो र फ्यूजनकी संस्थापक अध्यक्ष सरोजा खड्गीले सेरामिक उद्योगमा पुनलाई सम्मानित गर्नुभएको हो । सो क्रममा चित्रकार खड्गीले माटोका दैनिक उपभोग्य तथा सजावटका आकर्षक सामग्री निर्माण गर्दै आएको सेरामिक उद्योगलाई सामग्री उत्पादन गर्ने आधुनिक मेसिन आविष्कारको आवश्यकता दर्शाउनु भयो । यसक्रममा पुनले सेरामिक मल (साँचो) निर्माणमा धेरै लगानी पर्ने भएकाले नेपालमा त्यो स्तरको काम गर्न अप्ठेरो परिरहेको जनाउनु भयो ।

 

पुनले वडा नम्बर २ मा रहेको सेरामिक उद्योगको चासोपूर्ण रुपमा अवलोकन गर्दै मौलिक कलाको काममा लागेको टिमलाई धन्यवाद प्रदान गर्नुभयो । त्यसक्रममा खड्गीले निर्माण गर्नुभएको प्रतिगोटा ६० हजार भन्दा बढी मूल्य पर्ने २ वटा चित्रकला (पेन्टिङ) आविष्कार केन्द्रलाई सौजन्य प्रदान गर्नुभयो । ती पेन्टिङ बिक्री गरेर आविष्कारको काममा लगाउन सौजन्य प्रदान गरिएको हो ।

 

कृषकका लागि कृषि औजार निर्माण गरेर सहुलियतमा उपलब्ध गराउने कामका लागि पुनले केही दिनयता मोरङका विभिन्न ठाउँमा पुस्तक बिक्री अभियान सञ्चालन गर्नुभएको छ । युवा पुस्तामा पठन संस्कृतिको विकाससँगै देशलाई सही मार्गबाट कसरी अघि बढाउने भन्ने उत्प्रेरणा भर्दै देशको थप माया जगाउन पुस्तकले सन्देश दिने पुनको विश्वास छ । ०८० सालमा प्रकाशित सो पुस्तक हालसम्म १४ औं संस्करण गरी १ लाख ९५ हजार प्रति छापिइसकिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय

रविलाई चिनियाँ राजदूतको आश्वासन– विपद् पूर्वसूचना प्रणाली बलियो बनाउँछौं

 काठमाडौं , १६ भदौ । रास्वपा सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवर्ता भएको छ ।उनीहरूबीच बुधबार दिउँसो सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा

रसुवा, नुवाकोट र धादिङमा १६ अर्ब ५० करोडको भौतिक क्षति

काठमाडौँ,१६ भदौ। सहरी विकास तथा भवन निर्माण विभागले हालैको बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो भौतिक क्षति भएको जनाएको छ ।सडक

डिजिटल अर्थतन्त्रमा एआई र साइबर सुरक्षामा सचेत रहन विज्ञहरूको जोड

काठमाडौं ,१६ भदौ। नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स एआइको भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत उद्योग

६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त, त्रिविमा शिक्षाध्यक्ष पनि फेरिए

काठमान्डौ,१६ भदौ ।सरकारले त्रिभुवन विश्वविद्यालयसहित ६ वटा विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा शिक्षाध्यक्ष