दमक, २० जेठ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दमक नगर समितिले घर दैलो अभियान सुरु गरेको छ ।
मनसुन सुरु भईसकेको अवस्थामा आइपर्न सक्ने बिपद् र जोखिमलाई मध्यनजर गर्दै रास्वपा दमक नगर समितिले विपद्का बेला आवश्यक पर्ने फोन नम्बरहरु दमकवासीलाई वितरण गर्ने अभियान सुरु गरेको हो । रास्वपा दमक नगर कमिटीका सभापति तिर्थ लामिछानेका अनुसार विपद्का बेला फोन नम्बर खोज्न लाग्ने भन्दा पनि आवश्यक पर्ने फोन नम्बरहरु दमकवासीलाई उपलब्ध गराउँदै रास्वपाले घरदैलो अभियानको सुरुवात गरेको हो ।
सोमबारबाट सुरु अभियान निरन्तर चल्ने रास्वपा दमक नगर कमिटीका सभापति लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार दमकका हरेक घरमा पुग्ने रास्वपाको लक्ष्य छ । खास गरि निम्न वर्गीयहरु प्रति यो अभियान बढी केन्द्रित रहेको रास्वपा दमकका सचिव प्रविण पाठकले जानकारी दिनुभएको छ ।
यसैबीच, मोरङको पथरी शनिश्चरे नगरको वडा नम्बर १ मा वडा अधिवेशनले मोहनकुमार श्रेष्ठलाई सभापति चुनेर पार्टीको वडा समिति चयन गरेको छ । सर्वसहमत चयन भएको समितिको उपसभापतिमा दिलकुमारी लिम्बु, सचिवमा भेषबहादुर प्रधानका साथै सदस्यमा विनोदकुमार राई, कुमार श्रेष्ठ, सञ्जु नेपाली, छविध्वज धमला, इन्दिरा श्रेष्ठ र चन्द्रकुवेर लिम्बुलाई चयन गरिएको नवनिर्वाचित सभापति श्रेष्ठले जनाउनु भयो ।









