सानो उमेरको ठूलो सपना

दीपिनीकी अस्मिता राष्ट्रिय दौडमा छनोट

लामगादे १४ वर्ष मुनीको ४०० मिटर दौडमा कोशी प्रदेशमा प्रथम भएर राष्ट्रिय खेल खेल्न काठमाडौं जाँदै ।

दमक, २० जेठ / दमक ५ स्थित दीपिनी आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा अस्मिता लामगादेको दौडको रुचीले उहाँलाई राष्ट्रियस्तरसम्म पुर्‍याएको छ ।

 

दौडमा अब्बल छात्राका रुपमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय दौडका लागि छनोटमा पर्नु भएकी लामगादेको उमेर मात्र ११ वर्षको रहेको छ । लामगादे १४ वर्ष मुनीको ४०० मिटर दौडमा कोशी प्रदेशमा प्रथम भएर राष्ट्रिय खेल खेल्न काठमाडौं जान लागेपछि ५ नम्बर वडा कार्यालय र विद्यालयले नगदसहित सम्मान गरेको छ ।

 

कार्यवाहक वडा अध्यक्ष खड्ग राई, कार्यपालिका सदस्य खेमकुमारी परियार, वडा सचिव निधिनारायण ढुंगेल, विद्यालयका प्रधानाध्यपक शेषकुमार निरौलासहित विद्यालय परिवारले लामगादेको विदाई गर्दै जितका लागि शुभकामना व्यक्त गरिएको छ ।

 

यसैबीच, वडा कार्यालयले सो विद्यालयका कक्षा १ देखि ८ कक्षा सम्मका विद्यार्थीको अबस्था र उनीहरुको पुस्तक बोक्ने झोला र किन्नुपर्ने बाँकी पुस्तकको अबस्थाको बारेमा वडा कार्यलयबाट अवलोकन गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप