कोरोना भाइरस : ‘प्रतिबन्धहरू हटे पनि स्वास्थ्य मापदण्ड पालना गर्न नछोडौँ’

 

काठमाण्डौ – सरकारले कोभिड-१९ (कोरोना भाइरस) का कारण लगाइएको विभिन्न प्रतिबन्ध हटाउँदै जनजीवनलाई थप सहज बनाएको छ । काठमाण्डौ उपत्यकामा सवारीसाधनमा जोर-बिजोर प्रणाली हटाउनुका साथै फिल्म हल सञ्चालन गर्न पाउने जस्ता आर्थिक तथा भौतिक गतिविधिहरूलाई सञ्चालन गरेर जनजीवनलाई थप सहज बनाएको हो ।

अहिले कोरोना भाइरसको सङ्क्रमण दर कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरूको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निणर्यहरू गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो ।
आज सोमवारको कुराकानीमा उहाँले कोरोनाका बिरामीहरू अस्पतालमा भर्ना हुने क्रम घट्दै गएको र सङ्क्रमण पुष्टि हुनेको सङ्ख्यामा पनि कमी आएको उल्लेख गर्दै जनजीवनलाई सहजीकरण गरिएको बताउनुभयो ।

सहप्रवक्ता अधिकारीका अनुसार नेपालमा १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरूको सङ्ख्या अनुमानित ३४ लाख रहेको र तीमध्ये ३० लाख बालबालिकाहरूले खोपको पहिलो मात्रा लगाइसकेको बताउनुभयो । उहाँले यो उमेर समूहका बाँकी चार लाख बालबालिकालाई पनि चाँडै नै खोप उपलब्ध गराउने काम भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले कोभिड १९ सङ्क्रमण पुष्टि हुनेहरूको सङ्ख्या कम हुँदै गएको छ । अस्पताल भर्ना हुनेहरूको सङ्ख्यामा पनि सुधार हुँदै आइरहेको अवस्था छ । यद्यपि कोरोनाको जोखिम भने कायम छ । हामीले जोखिमबाट सतर्कता अपनाउनुपर्ने, सावधान रहनुपर्ने कुराहरू छँदैछन् ।

जनजीवनलाई सहज बनाउँदै जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्दै जाँदा सबैलाई सहज हुने भन्ने सोचेर सरकारले पछिल्ला निणर्यहरू लिँदै गइरहेको अवस्था छ । चार लाख जति बालबालिकाहरू खोप लगाउन बाँकी हुनुहुन्छ । उहाँहरूलाई पनि चाँडै खोप लगाइसक्न सक्छौँ भन्ने हिसाबले काम गर्दैछौँ ।’

सहप्रवक्ता अधिकारीले कोरोना सङ्क्रमण भइ निको हुनेको सङ्ख्या बढी रहेकाले उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि विकास भइरहेको र स्वास्थ्यका मापदण्ड पूणर् पालना गर्ने गरी जनजीवनलाई खुकुलो बनाउँदै लगिएको बताउनु उल्लेख गर्नुभयो ।

सहप्रवक्ता अधिकारीले कोरोनाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्यका मापदण्ड पूणर् पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न, बेला-बेलामा साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न पनि आग्रह गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच