विज्ञान–प्रविधितर्फ एमालेको लगाव

विर्तामोडमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको भव्य तयारी

प्रदर्शनीमा विभिन्न कम्पनीहरूले पनि आफ्ना नवीनतम प्रविधिहरू प्रदर्शन गर्नेछन् । ड्रोन, रोबोट, सूचना प्रविधि, स्वास्थ्य प्रविधि लगायतका क्षेत्रका प्रविधिहरू प्रदर्शनीमा समावेश गरिनेछन् ।

विर्तामोड, २१ जेठ । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले आउँदो आइतवारदेखि विर्तामोडमा पहिलोपटक प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्दै छ ।

यसअघि जेठ १ गतेलाई तय भएको प्रदर्शनी कक्षा १२ को परीक्षाका कारण २४ दिन सार्नुपरेको आयोजकले बताएका छन् । विर्तामोडस्थित देबी माध्यमिक विद्यालयको प्राङ्गणमा हुने तीन दिने प्रदर्शनीको तयारी पूरा भएको आयोजकले वुधवार प्रदर्शनीस्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका छन् । कोशी प्रदेशका १२ जिल्लाबाट कम्तिमा  ७० विद्यालयका विद्यार्थीहरू र विभिन्न एजुकेसन कन्सल्टेन्सीहरू सहभागी हुने उक्त प्रदर्शनीमा विज्ञान, प्रविधि, नवप्रवर्तन र उद्यमशीलतासम्बन्धी सामग्रीहरू प्रदर्शन गरिनेछ ।

नेकपा एमाले कोशी प्रदेशका विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश पोखरेलका अनुसार प्रदर्शनीमा विद्यार्थीहरूले आफ्ना वैज्ञानिक आविष्कार, परियोजना र अनुसन्धानहरू प्रस्तुत गर्नेछन् । यसले उनीहरूलाई वैज्ञानिक सोच र नवप्रवर्तनशील क्षमताको विकासमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

पत्रकार सम्मेलनमा नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज तथा पूर्वमूख्यमन्त्री शेरधन राईसहित नेकपा एमालेका केन्द्रीय र प्रदेशस्तरका नेताहरु पनि सहभागी हुनुहुन्थ्यो । प्रदर्शनीबारे जानकारी दिंदै पूर्वमुख्यमन्त्री राईले विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई भविष्यमा आत्मनिर्भर भई बाँच्न यस्ता प्रदर्शनीले बाटो देखाउने बताउनुभयो ।

प्रदर्शनीमा विभिन्न कम्पनीहरूले पनि आफ्ना नवीनतम प्रविधिहरू प्रदर्शन गर्नेछन् । ड्रोन, रोबोट, सूचना प्रविधि, स्वास्थ्य प्रविधि लगायतका क्षेत्रका प्रविधिहरू प्रदर्शनीमा समावेश गरिनेछन् ।

प्रदर्शनीमा विज्ञान सम्बन्धी कार्यशाला, सेमिनार र अन्तरक्रियात्मक सत्रहरू पनि आयोजना गरिनेछन्। विद्यार्थीहरू, शिक्षकहरू, अभिभावकहरू र प्रविधि क्षेत्रमा रुचि राख्ने सबैलाई प्रदर्शनीमा सहभागी हुन आयोजकहरूले अनुरोध गरेका छन् ।

यस प्रदर्शनीले स्थानीय स्तरमा विज्ञान र प्रविधिको महत्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूलाई वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको प्रदर्शनीमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ४ लाख, ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार प्रदान गरिने छ भने अरू २५ वटा विद्यालयलाई २५ हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने विभाग प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।

प्रदर्शनीको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेबी भण्डारीले गर्ने तय भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर