झापा, २१ जेठ – झापाको मेचीनगर नगरपालिका–१३ र १४ स्थित निचाझोडा सिमसारमा सोमबार “प्राकृतिक विपद् व्यवस्थापन सम्बन्धी एकीकृत अभ्यास – मनसुन–५” भव्य रूपमा सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा आयोजित डेमो अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी झापा, र जिल्ला जनस्वास्थ्य कार्यालय झापाको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीसहित जिल्ला सुरक्षा समितिका प्रमुख तथा सदस्यहरू, विभिन्न पालिकाका जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, तथा स्थानीयवासी गरी करिब ३५० देखि ४०० जना सहभागी थिए।
डेमो अभ्यासमा बाढी, डुबान, उद्धार, प्राथमिक उपचार र राहत व्यवस्थापनका विभिन्न चरणहरू प्रदर्शन गरिएका थिए। कार्यक्रमले विपद् व्यवस्थापनका क्षेत्रमा सरोकारवालाबीचको समन्वय र तयारीलाई सशक्त बनाउने सन्देश दिएको छ।









