बढ्दै छ सृजनाको महत्व

सरोजाका २ चित्र १ लाख २० हजारमा बिक्री

छत्रकोट ३, गुल्मी मुलघर भइ हाल अमेरिका बसोबास गर्ने गोकर्ण टण्डनबाट आफ्‌नो जन्मदिनको चित्र खरिद ।

पथरी, २२ जेठ /  चित्रकलाको माध्यमबाट देश विदेशका कार्यक्रममा आफ्‌नो प्रभाव विस्तार गर्न सफल मोरङको पथरी शनिश्चरेकी चित्रकार सरोजा खड्गीका नारी संवेदनाका चित्रहरु बढी मात्रामा बिक्री हुने गरेका छन् ।

 

पछिल्लो पटक खड्गीले वैज्ञानिक डा. महावीर पुनले सञ्चालन गर्नुभएको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्नुभएको नारी संवेदनमा पोखिएका २ चित्रकला १ लाख २० हजार रुपैयाँमा बिक्री भएका छन् । पथरी शनिश्चरेमा आफ्‌नो आत्मकथाको पुस्तक बिक्री गरेर नयाँ आविष्कारमा लगानी गर्ने पुनको अभियानमा खड्गीले एभरेष्ट आर्ट फ्यूजन र पथरी सेरामिककोतर्फबाट २ वटा चित्रकला निःशुल्क प्रदान गरेर सहयोग पुर्‍याउनु भएको थियो । आविषकार केन्द्रले बिक्री गरेर रकम जम्मा गर्नका लागि प्रदान गर्नुभएको चित्र पुनले फेसबुक पेजमा पोष्ट गर्नासाथ बिक्री भएको हो ।

 

छत्रकोट ३, गुल्मी मुलघर भइ हाल अमेरिकाको र्यापिड सिटी साउथ डाकोडामा बसोबास गर्ने गोकर्ण टण्डनले आफ्‌नो जन्मदिनको अवसरमा प्रतिथान ६० हजार रुपैयाँमा ती चित्र खरिद गर्नुभएको पुनले जानकारी गराउनु भएको छ । सो रकम बीरगञ्ज कृषि औजार कारखानाको सञ्चालनमा खर्च गरिने पुनले उल्लेख गर्दै सरोजा र टण्डनलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । पुनलाई सरोजाकै अगुवाईमा पथरी शनिश्चरेमा पुनकै मुहारचित्रले सम्मानित गरिएको थियो ।

 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य समेत बनिसक्नु भएकी खड्गी चित्रकलालाई आफ्‌नो जीवन मान्दै सोही क्षेत्रमा सक्रिय रहँदै आउनु भएको छ । एभरेष्ट आर्ट फ्यूजनको उहाँ संस्थापक अध्यक्ष हुनुहुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट