भान्सा सुधार अभियान

‘रसायनमुक्त बनौं, भान्सालाई औषधालय बनाऔं’

बेसार, लसुन, मेथी, अजवाइन, गुर्जो, तुलसी — यी सबै रोग प्रतिरोधी तत्व हुन् । यिनको सही मात्रा, समय र तरिका बुझेर प्रयोग गर्‍यो भने घरकै भान्सा अस्पताल बन्न सक्छ ।

दमक, २३ जेठ  ।  हामीले दैनिक उपभोग गर्ने खानेकुरामा औषधीय गुण हुन्छ । बेसार, लसुन, मेथी, अजवाइन, गुर्जो, तुलसी — यी सबै रोग प्रतिरोधी तत्व हुन् । यिनको सही मात्रा, समय र तरिका बुझेर प्रयोग गर्‍यो भने घरकै भान्सा अस्पताल बन्न सक्छ ।

 

यसैलाई मध्यनजर गर्दै झापाको दमक नगरपालिका वडा नम्बर ६ मा भान्सालाई नै औषधालय बनाउने तालिम सञ्चालन गरेको छ । तालिमको औपचारिक उद्धाटन गर्दै वडाअध्यक्ष टेकबहादुर थापाले अहिले हरेक नेपालीको भान्सामा प्रयोग हुने खाना र बिभिन्न परिकार नै रोगको जड रहेको र यसको निराकरणमा दमक नगरपालिकाले अभियान नै सञ्चालन गरेको बताउनु भयो । भन्नुभयो ‘रसायनमुक्त बनौं, अर्गानिक खानेकुरा खाऔं र भान्सा नै औषधालय बनाऔं । यस अभियानलाई वडाले पनि यसलाई निरन्तरता दिएको छ ।’

 

२ दिने तालिममा नेपाली भान्सामा कस्ता परिकार बनाउने भन्ने विषयकासाथै योग र आर्युबेदका बिषयमा आवश्यक तालिम प्रदान गरिएको थियो । तालिमको सहजीकरण नेपाल आर्युबेदिक योग चिकित्सक डा. क्षितिज बाह्रकोटीले गर्नुभएको थियो । बाह्रकोटीले नेपाली खाना प्रयोगमा ल्याउँदा नेपाली भान्सा सही रुपमा भएपनि अहिले आधुनिकतामा रुपान्तरण गर्दा नेपाली भान्सामा समस्या आएको बताउनुभयो । करिब ४५ जना सहभागि रहेको तालिममा योग चिकित्सक र सहभागिहरुबीच अन्तरक्रिया भएको थियो ।

 

 

बाह्रकोटीकै सहभागितामा दमकस्थित पशुपति मन्दिर प्रांगणमा योग साधनाको समेत अभ्यास गरिएको थियो । जहाँ वडामा रहेका सैयौं नागरिक सहभागि भइ बिभिन्न आसनमा योग साधना गरेका थिए ।

 

दमक ८ की मेनुका दुलाल मानिसको जीबनमा योग जीवनको महत्व र आर्युबेदिक पद्धतीबारे महत्वपूर्ण जानकारी पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।स्वस्थ खाना र स्वस्थ्य वातावरणमा बसे मात्र जीवन स्वस्थ र निरोगी बनाउन कार्यक्रमले सिकाएको दमक ५ की खेमकुमारी संग्रौला ओलीले प्रतिक्रिया जनाउनु भयो ।

 

 

नेपाली उखान नै छ, भान्सानै औषधिको घर हो भन्ने । यही कुरालाई ध्यान दिएर हरेक मानिसले आ–आफ्नो भान्सामा दैनिक प्रयोग हुने खाध्यवस्तुलाई चिनेर नियमित रुपमा खानामा प्रगोग गर्न सकेमा बजारमा प्याकिङको रुपमा तयारी भएका मिसावटयुक्त बस्तुलाई प्रयोगमा ल्याउन आवश्यक पर्दैन । जसले हामीलाई स्वस्थ रहन मद्धत पुग्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।