खेलकुद

बाग्लुङले चुम्याे १० औं राष्ट्रिय सीएच आइटीएफ तेक्वान्दोकाे उपाधि

प्रतियोगिताबाट १४ वटा स्वर्ण पदक प्राप्त गर्ने भक्तपुर जिल्लाले फस्ट रनर अपको उपाधि हात पारेको छ ।

पथरी, २३ जेठ । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सीएच आइटीएफ तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङ जिल्लाले चुमेको छ ।

 

जनसेवा माविमा सम्पन्न १० औं राष्ष्ट्रिय च्याम्पियनसिपको उपाधि बाग्लुङ जिल्लाले चुमेको हो । बाग्लुङले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरेको हो । जिल्लाले २० स्वर्ण पदक जितेसँगै प्रथम बनेको थियो । सो उपाधी कानेपोखरी गाउँपालिका ६ मा स्थापित माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमीले प्रायोजन गरेको थियो ।

 

त्यस्तै प्रतियोगिताबाट १४ वटा स्वर्ण पदक प्राप्त गर्ने भक्तपुर जिल्लाले फस्ट रनर अपको उपाधि हात पारेको छ । भक्तपुरले १० हजार नगद, ट्रफी र मेडल प्राप्त गरेको थियो । फस्ट रनर अपकै उपाधि कानेपोखरी ६ रमाइलोको जेनिथ इङ्लिस स्कुलले प्रायोजन गरेको खेल संयोजक युवराज भुजेलले बताउनु भयो ।

 

त्यस्तै प्रतियोगितामा ४ वटा स्वर्ण पदक जित्दै रुपन्देही जिल्लाले सेकेण्ड रनर अपको उपाधि चुमेको छ । उपाधि स्वरुप नगद ५ हजार, ट्रफी र मेडल प्राप्त गरेको थियो । तीन दिनको खेल अवधिमा अनुशासित जिल्लाको उपाधि तेह्रथुम जिल्लाले प्राप्त गरेको छ ।

 

खेलमा ग्रुप प्याटन सिनियर र जुनियर खेलमा प्रतिस्पर्धा गरिएको थियो । २० केजी तौल समूहदेखि ८० केजी तौल समूहको महिला र पुरुषको खेलहरुमा प्रतिस्पर्धा भएको थियो ।

 

१० औं राष्ट्रिय खेलको लागि नवलपरासी, बाग्लुङ, रुपन्देही, पाल्प, गुल्मी, तेह्रथुम, काठमाडौं, भक्तपुर, कास्की, काभ्रे, म्यादी र मोरङ गरी १२ वटा जिल्लाबाट ३२५ जना खेलाडीहरु सहभागि भएका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र विशिष्ट अतिथि उपाध्यक्ष भोला प्रसाद अधिकारीसहितले पुरस्कार प्रदान गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको