खेलकुद

बाग्लुङले चुम्याे १० औं राष्ट्रिय सीएच आइटीएफ तेक्वान्दोकाे उपाधि

प्रतियोगिताबाट १४ वटा स्वर्ण पदक प्राप्त गर्ने भक्तपुर जिल्लाले फस्ट रनर अपको उपाधि हात पारेको छ ।

पथरी, २३ जेठ । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सीएच आइटीएफ तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङ जिल्लाले चुमेको छ ।

 

जनसेवा माविमा सम्पन्न १० औं राष्ष्ट्रिय च्याम्पियनसिपको उपाधि बाग्लुङ जिल्लाले चुमेको हो । बाग्लुङले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरेको हो । जिल्लाले २० स्वर्ण पदक जितेसँगै प्रथम बनेको थियो । सो उपाधी कानेपोखरी गाउँपालिका ६ मा स्थापित माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमीले प्रायोजन गरेको थियो ।

 

त्यस्तै प्रतियोगिताबाट १४ वटा स्वर्ण पदक प्राप्त गर्ने भक्तपुर जिल्लाले फस्ट रनर अपको उपाधि हात पारेको छ । भक्तपुरले १० हजार नगद, ट्रफी र मेडल प्राप्त गरेको थियो । फस्ट रनर अपकै उपाधि कानेपोखरी ६ रमाइलोको जेनिथ इङ्लिस स्कुलले प्रायोजन गरेको खेल संयोजक युवराज भुजेलले बताउनु भयो ।

 

त्यस्तै प्रतियोगितामा ४ वटा स्वर्ण पदक जित्दै रुपन्देही जिल्लाले सेकेण्ड रनर अपको उपाधि चुमेको छ । उपाधि स्वरुप नगद ५ हजार, ट्रफी र मेडल प्राप्त गरेको थियो । तीन दिनको खेल अवधिमा अनुशासित जिल्लाको उपाधि तेह्रथुम जिल्लाले प्राप्त गरेको छ ।

 

खेलमा ग्रुप प्याटन सिनियर र जुनियर खेलमा प्रतिस्पर्धा गरिएको थियो । २० केजी तौल समूहदेखि ८० केजी तौल समूहको महिला र पुरुषको खेलहरुमा प्रतिस्पर्धा भएको थियो ।

 

१० औं राष्ट्रिय खेलको लागि नवलपरासी, बाग्लुङ, रुपन्देही, पाल्प, गुल्मी, तेह्रथुम, काठमाडौं, भक्तपुर, कास्की, काभ्रे, म्यादी र मोरङ गरी १२ वटा जिल्लाबाट ३२५ जना खेलाडीहरु सहभागि भएका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र विशिष्ट अतिथि उपाध्यक्ष भोला प्रसाद अधिकारीसहितले पुरस्कार प्रदान गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।