वजेट तर्जुमा प्रक्रिया

स्थानीय तहलाई सजग गराउँदै राष्ट्रिय युवा संघ

स्थानीय तहहरुलाई ध्यानाकर्षणपत्र वुझाउँदै राष्ट्रिय युवा संघले स्थानीय सरकारहरुले वजेट तर्जुमा प्रक्रियामा विधिको शासन पालना नगरिरहेको आक्षेप लगाएको छ ।

भद्रपुर, २३ जेठ । एमाले निकट राष्ट्रिय युवा संघ नेपालले अवैज्ञानिक र अस्तव्यस्त शैलीमा योजना तर्जुमा नगर्न स्थानीय तहहरुलाई सचेत गराएको छ ।

स्थानीय तहहरुलाई ध्यानाकर्षणपत्र वुझाउँदै राष्ट्रिय युवा संघले स्थानीय सरकारहरुले वजेट तर्जुमा प्रक्रियामा विधिको शासन पालना नगरिरहेको आक्षेप लगाएको छ । यसले स्थानीय नेतृत्वको कार्यक्षमतामाथि नै प्रश्न खडा गरेको युवा संघले निचोड निकालेको छ ।

यस किसिमको अवैज्ञानिक, अव्यवस्थित र अस्तव्यस्त शैलीमा भएको योजना तर्जुमाले स्थानीय नागरिकहरुको समस्या, आवश्यकता र मागलाई सम्बोधन गर्नुको सट्टा केही व्यक्तिहरुको इच्छा र चाहना बमोजिम स्थानीय तहको वजेट केन्द्रित हुने संघको ठहर छ ।

यसै क्रममा राष्ट्रिय युवा संघ भद्रपुर नगर कमिटीले आज भद्रपुर नगरपालिका पुगी ध्यानाकर्षणपत्र बुझायो । कोशी प्रदेश कमिटी सदस्य बासु वन, अभिशेक प्रधान, जिल्ला कमिटी कोषाध्यक्ष संगिता खतिवडा, भद्रपुर नगर इन्चार्ज असिम शर्मा, जिल्ला कमिटी सदस्य रुपेन लिम्बू, भद्रपुर नगर कमिटी अध्यक्ष दिपक बुढाथोकी र सचिव पशुपति खतिवडासहितको टोली ध्यानाकर्षपत्र लिएर नगरपालिका पुगेको थियो । टोलीले नगरउप्रमुख राधा कार्कीलाई भेटी ध्यानाकर्षणपत्र वुझाएको थियो ।

पाँच वुँदे ध्यानाकर्षणपत्रमा स्थानीय तहको वजेट तर्जुमाका सात वटा चरणहरुको पूर्ण कार्यान्वयन गरिनुपर्ने, वार्षिक नीति तथा कार्यक्रम प्राथमिकताका सूचकहरु निर्धारण गर्नुपर्ने लगायतका माग समेटिएको छ । त्यस्तै टोल तथा वस्तीसम्मै योजना तर्जुमा गोष्ठी आयोजना गरिनुपर्ने, अन्तरसरकारी वित्त हस्तान्तरण ऐन र राष्ट्रिय योजना आयोगबाट जारी गरिएको दिग्दर्शन अक्षरशः कार्यान्वयन गरिनुपर्ने र युवा लक्षित आयोजना तथा कार्यक्रम तर्जुमाका लागि युवाका संघ, संगठन र युवाहरुको भेला आयोजना गरी कार्यक्रम छनोट गरिनुपर्ने संघको माग छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट