विज्ञान–प्रविधि प्रदर्शनी

विद्यालय पाठ्यक्रमलाई सीप र प्रविधिसँग जोड्न पूर्व राष्ट्रपति भण्डारीकाे जाेड

प्रदर्शनीमा कोशी प्रदेशका विभिन्न विद्यालयका विद्यार्र्थीहरु आफ्ना सीप र कलासहित सहभागी भएका छन् ।

विर्तामोड, २४ जेठ । विर्तामोडस्थित देबी माविको प्राङ्गढमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी सुरु भएको छ ।

प्रदर्शनीको आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मोबाइल एप्सबाट दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । प्रदर्शनी उद्घाटन गर्दै भण्डारीले अव विद्यालयको पाठ्यक्रमलाई सीप र प्रविधिसँग जोड्नुपर्ने धारणा राख्नुभयो ।

भविष्यका जिम्मेवार नागरिक विद्यार्थीलाई वैज्ञानिक सोच, अनुसन्धनमुलक दृष्टिकोण र नवप्रवर्तनशिल क्षमता विकास गराएर विश्वस्तरमा प्रतिस्पर्धी बनाउनु सरकारको दायित्व भएको भण्डारीले बताउनुभयाे ।

नेकपा एमाले विज्ञान तथा प्रविधि बिभाग कोशी प्रदेश कमिटीको आयोजनामा भएको प्रदर्शनी तीन दिनसम्म चल्ने  आयोजक कमिटीका संयोजक गणेश पोख्रेलले जानकारी दिनुभयो ।

करिव एक लाख विद्यार्थी र शिक्षकले अवलोकन गर्ने अपेक्षा गरिएको प्रदर्शनीमा कोशी प्रदेशका विभिन्न विद्यालयका विद्यार्र्थीहरु आफ्ना सीप र कलासहित सहभागी भएका छन् । प्रदर्शनीमा विज्ञान, प्रविधि, नवप्रवर्तन र उद्यमशीलतासम्बन्धी सामग्रीहरू प्रदर्शन गरिएको छ त्यस्तै विज्ञान सम्बन्धी कार्यशाला, सेमिनार र अन्तरक्रियात्मक सत्रहरू पनि आयोजना गरिनेछन्।

प्रदर्शनीमा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ४ लाख, ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार प्रदान गरिने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर