विज्ञान–प्रविधि प्रदर्शनी

विद्यालय पाठ्यक्रमलाई सीप र प्रविधिसँग जोड्न पूर्व राष्ट्रपति भण्डारीकाे जाेड

प्रदर्शनीमा कोशी प्रदेशका विभिन्न विद्यालयका विद्यार्र्थीहरु आफ्ना सीप र कलासहित सहभागी भएका छन् ।

विर्तामोड, २४ जेठ । विर्तामोडस्थित देबी माविको प्राङ्गढमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी सुरु भएको छ ।

प्रदर्शनीको आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मोबाइल एप्सबाट दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । प्रदर्शनी उद्घाटन गर्दै भण्डारीले अव विद्यालयको पाठ्यक्रमलाई सीप र प्रविधिसँग जोड्नुपर्ने धारणा राख्नुभयो ।

भविष्यका जिम्मेवार नागरिक विद्यार्थीलाई वैज्ञानिक सोच, अनुसन्धनमुलक दृष्टिकोण र नवप्रवर्तनशिल क्षमता विकास गराएर विश्वस्तरमा प्रतिस्पर्धी बनाउनु सरकारको दायित्व भएको भण्डारीले बताउनुभयाे ।

नेकपा एमाले विज्ञान तथा प्रविधि बिभाग कोशी प्रदेश कमिटीको आयोजनामा भएको प्रदर्शनी तीन दिनसम्म चल्ने  आयोजक कमिटीका संयोजक गणेश पोख्रेलले जानकारी दिनुभयो ।

करिव एक लाख विद्यार्थी र शिक्षकले अवलोकन गर्ने अपेक्षा गरिएको प्रदर्शनीमा कोशी प्रदेशका विभिन्न विद्यालयका विद्यार्र्थीहरु आफ्ना सीप र कलासहित सहभागी भएका छन् । प्रदर्शनीमा विज्ञान, प्रविधि, नवप्रवर्तन र उद्यमशीलतासम्बन्धी सामग्रीहरू प्रदर्शन गरिएको छ त्यस्तै विज्ञान सम्बन्धी कार्यशाला, सेमिनार र अन्तरक्रियात्मक सत्रहरू पनि आयोजना गरिनेछन्।

प्रदर्शनीमा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ४ लाख, ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार प्रदान गरिने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।