विद्यार्थीबाटै नेता छान्न मतदान

सरस्वती मावि दमकमा विद्यालयस्तरीय चुनाव सम्पन्न

दमक,२५ जेठ । सामान्यतय राजनीतिक तहमा नेतृत्व चयनका लागि निर्बाचन गरिन्छ । संसददेखि,प्रदेश र स्थानीय तहमा जनप्रतिनिधीको चुन्न निर्बाचन हुने गरेका छन् । तर बिद्यालयमा विद्यार्थीको टोली नेता छान्न पनि त्यसैगरी चुनाव गरियो । दमक ९ स्थित सरस्वती मावी इटाभट्टामा आइतबार त्यस्तै दृश्य देखियो ।

चुनाबका बेला मतदाता मत हाल्न लाई बसे जसरी क्रमबद्ध लाईनमा बसेका छन । ठाउँ ठाउमा लाईन मिलाउन सुरक्षाकर्मीकै शैलीमा अभिएका विद्यार्थीहरु । आ आफ्नो नाम र क्रम संख्या हेरेर मतपेटिकामा मतदान गरिरहेका थिए । दमक ९ मा रहेको सरस्वती माध्यमिक बिद्यालयमा क्याप्टेन र भाइस क्याप्टेन सदन क्याप्टेन र भाईस क्याप्टेन चयन निर्बाचनको प्रक्रियाको दृश्य हुन्र यी ।

निर्बाचनमा उम्मेदवारको नाम दर्ता, चुनाव चिन्ह वितरण, प्रचारप्रसारदेखि मतदान र मतदानपश्चात मतगाणनाका लागि भएका प्रकृया विधिवत र औपचारिक ढङ्गले सम्पन्न भए ।प्रचारप्रसारमा उम्मेदवार र सदनका सदस्यहरूको उत्साहपूर्ण सहभागिता देखियो । आफू नेतृत्वमा चुनिए बिद्यालयमा बिद्यार्थीहरुको ब्याबस्थापन, आचरण सुधारदेखि खेलकुदको बिकास गर्नेसम्मका योजना उनीहरुको छ ।

बिहान ११ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण, मर्यादित र अनुशासित रूपमा सम्पन्न भएको निर्बाचन निर्बाचन अधिकृत रहनुभएका बिद्यालयका सहायक प्रधानाध्यपक भगिरथ मिश्रले बताउनुभयो । निर्बातनमा बिद्यालयका ७५ प्रतिशत बिद्यार्थीको उत्साहप्रर्ण सहभागिता रहेको उहाँको भनाई छ ।

बिद्यालयमा सैदान्तिक ज्ञान मात्र नभई ब्याबहारिक शिक्षा पनि उत्तिकै आवश्यकता रहेकोले बिद्यार्थीहरुको नेतृत्व चयन गर्न निर्बाचनको आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक सिताराम ढकालको भनाई छ । निर्वाचनले विद्यार्थीमा नागरिक जिम्मेवारी र लोकतान्त्रिक संस्कार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उहाँको छ ।

लोकतान्त्रिक चेतना, नेतृत्व विकास, सामूहिक कार्यभावना र सहकार्यको संस्कृति बढाउन सहयोग पु¥याउने बिद्यालयले बिश्वास लिएको छ ।सिर्जनात्मक सोच, लोकतान्त्रिक चेतना र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यसहित गरिएको यस निर्वाचनले विद्यार्थीलाई जिम्मेवार नागरिक बन्ने बाटोमा अघि बढाएको विद्यालयको विश्वास छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा