प्रथम दमक जुत्ताचप्पल मेला

जुत्ताचप्पल मेलामा उपभोक्ताको आकर्षण, साँच्चै सस्तो छ त? भिडियो हेरौं

भारी छुटका साथ गुणस्तरीय सामान पाइने भएपछि उपभोक्ताहरु यो मेलाप्रति आकर्षित भएका हुन् ।

दमक, २५ जेठ ।    झापाको दमकमा जारी प्रथम दमक जुत्ता चप्पल मेलामा उपभोक्ताको भिड बढ्दै गएको छ । गत जेठ १५ गतेदेखी जारी मेलामा पछिल्लो समय उपभोक्ताको आकर्षण बढ्दै गएको हो ।

मेलामा स्वदेशी ब्राण्डका जुत्ता चप्पलहरु १५ देखी ५० प्रतिशतसम्म छुटमा पाइने भएपछि उपभोक्ताहरुको उक्त मेलामा भिड बढ्दै गएको हो ।

दमकमा जारी प्रथम दमक जुत्ता चप्पल मेलामा उपभोक्ताको आकर्षण बढ्दै गएको छ । दमक ८ स्थित अर्गानिक कृषि भवनको खाली हलमा गत जेठ १५ गतेबाट सुरु भएको प्रथम दमक जुत्ता चप्पल मेलामा दमकसहित आसपासका पालिकाहरुबाट उपभोक्ताहरु आउन थालेका छन् ।

भारी छुटका साथ गुणस्तरीय सामान पाइने भएपछि उपभोक्ताहरु यो मेलाप्रति आकर्षित भएका हुन् । मेलामा ६ वटा बिभिन्न ब्राण्डका जुत्ता चप्पलहरु राखिएको छ ।

बिहान ९ बजेदेखी राति ९ बजेसम्म सञ्चालन हुँदै आएको मेलामा आएका उपभोक्ताहरु मेलामा नसोचेको छुट पाएको बताउँछन् । मोरङको लक्ष्मीमार्गबाट आउँनुभएका एकजना उपभोक्ता यो मेलामा स्वदेशी उत्पादन त्यो पनि सस्तो मूल्यमा पाईने रहेछ भन्दै आफ्‌ना छरछिमेकमा पनि खबर गर्ने सुनाउँनुहुन्छ ।

स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको मेलामा उपभोक्ताहरु निराश हुनुपर्ने अवस्था नरहने स्वयम उपभोक्ताहरुलेनै बताउँने गरेका छन् । पछिल्लो समय मेलामा बिभिन्न उमेर समुहका उपभोक्ताको भिड बढ्दो क्रममा रहेको छ ।

मेलामा स्टल राखिएका कम्पनीले स्टक सक्ने किसिमले पुराना जुत्ता चप्पल नराखिएको बताएका छन् । भर्खरै उत्पादन भएका ताजा जुत्ता चप्पलनै स्टलमा राखिएको स्टलका सञ्चालहरुको भनाइ छ । मेलाको बिशेष आकर्षण भनेकै हरेक जुत्ता चप्पलमा १५ देखी ५० प्रतिशतसम्म छुट रहेको मेलाका व्यवस्थापक मात्रिका नेपालले जानकारी दिनुभयो ।

स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न यस्ता प्रकारका मेला उपयोगी हुने दमकका सामाजिक व्याक्तित्व तथा डाईनामिक पब्लिक लाईब्रेरीका संस्थापक अध्यक्ष भेषराज न्यौपानेको भनाइ छ ।

स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्‌ना उत्पादनका बारेमा जानकारी गराउने उदेश्यले मेला आयोजना गरिएको जनाईएको छ । करिब एक महिनासम्म सन्चालन हुने मेलामा १ करोड ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ ।

मेलामा बिएफ डियरहिल सुज, फर्स्ट वाक सुज, रन सुज, स्मार्ट सुज, सु ल्याण्ड सुज, क्रसरोड ब्राण्डका जुत्ता, चप्पल तथा छालाबाट उत्पादित सामाग्री उपलब्ध रहेका छन् । दमकमा जारी जुत्ता चप्पल मेलामा स्थानीयहरुले रोजगारी समेत पाएका छन् ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर