निर्माणाधीन एसियन हाईवे

असुरक्षित बन्दै डाइभर्सनहरु, यात्रुमा सास्ती कस्ता कस्ता ?

ठूलो गाडीहरुले जथाभावी आफनो ट्र्याक छोडी सानो गाडीलाई पेल्न खोज्ने जसका कारण दुर्घटनाको जोखिम

दमक, २५ जेठ |   झापाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत एसियन हाईवे परियोजनाको सडक स्तरोन्नति र डाइभर्सन कामहरु भइरहेको छ ।

 

 

सडक निर्माणका कारण ठाउँ ठाउँमा मुख्य बाटो बन्द गरि अस्थायी बैकल्पिक बाटो खोलिएको छ जसका कारण यात्राका क्रम ठप्प नभएपनि पानी परेको बेला हिलो त घाम लागेको बेला धुलोले गर्दा आवात जावतमा कठिन र जोखिमपूर्ण बन्दै गएको छ ।

 

 

डाइभर्सनले पूरै धुलैधुलो ल्याउने गरेको तर सडक विभागले पानी भने दिनमा दुई पटक मात्रै हाल्ने गरेको छ जसले गर्दा विभागले यो व्यवस्था गरेको हो कि बेवास्ता गरेको हो भन्ने कुरा नबुझेको स्थानीय दिपेन्द्र बुढाथोकी बताउनुहुन्छ ।

 

 

कमल गाउपालिका ३ केर्खाका भ्यान चालक काजीमान भटराई भने डिर्भजनका कारण गाडी कुदाईरहेको बेला ठूलो गाडीहरुले जथाभावी आफनो ट्र्याक छोडी सानो गाडीलाई पेल्न खोज्ने जसका कारण दुर्घटनाको जोखिम बढेको सुनाउनुहुन्छ ।

 

 

त्यस्तै, यात्रु नारायणप्रसाद ढकाल अहिले हाईवे बन्ने क्रममा बजार र बाटोको गतिविधि एकदमै नराम्रो रहेको तर नहिडी नभएको वाध्यता भएको बताउनुहुन्छ ।

 

यसरी यहाँको डिभर्जनले यात्रा गर्नुमात्र हैन यहाँ बस्ने मानिसहरुको दिनचर्यासम्म असरग्रस्त भएको छ । कति ठाउँमा धुलो, कति ठाउँमा हिलो छ जसले गर्दा यात्रा सुरक्षित छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा