नेपाली मौलिक कलाको विस्तार

भारतको फेस्टिभलमा पथरी शनिश्चरेको संगिनीलाई स्थान

दमक, २५ जेठ  । मोरङको पथरीशनिश्चरे ३ मा रहेको महिला जागरुक हरिकिर्तन तथा संगिनी समूहले भारतको पश्चिम बंगाल, सिलिगुरीमा जारी ८ औं गीताञ्जली मेङ्गो फेस्टिभलमा परम्परागत संगिनी नाच प्रस्तुत गरेको छ ।

 

नेपाली र भारतीय विविध सांस्कृतिक झाँकी प्रदर्शन हुने यस महोत्सवमा नेपाली संगिनी नृत्य पहिलोपटक प्रस्तुत भएको हो । जहाँ सांस्कृतिक अन्तरघुलनका रुपमा संगिनीले समेत नेपालको मौलिक संस्कृतिका रुपमा प्रस्तुत गर्ने अवसर पाएको संगिनी प्रवद्र्धनका अभियन्ता पत्रकार अर्जुन काफ्‌लेले जनाउनु भयो ।

 

समूहकी अध्यक्ष देवीमाया पोख्रेलको नेतृत्वमा दुई टोलीले संगिनी प्रस्तुत गरेको थियो । संस्कार संरक्षण र परम्परागत कला जगेर्नामा सक्रिय सो समूहले नगरपालिका कार्यालयको सहयोगमा गत फागुनमा प्रथम संगिनी महोत्सव सम्पन्न गरेको थियो ।

 

नेपालका विभिन्न जिल्लामा संगिनी प्रस्तुति दिँदै आएको समूहले नियमित प्रशिक्षणमार्फत नयाँ पुस्तालाई संलग्न गराउँदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय

रविलाई चिनियाँ राजदूतको आश्वासन– विपद् पूर्वसूचना प्रणाली बलियो बनाउँछौं

 काठमाडौं , १६ भदौ । रास्वपा सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवर्ता भएको छ ।उनीहरूबीच बुधबार दिउँसो सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा

रसुवा, नुवाकोट र धादिङमा १६ अर्ब ५० करोडको भौतिक क्षति

काठमाडौँ,१६ भदौ। सहरी विकास तथा भवन निर्माण विभागले हालैको बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो भौतिक क्षति भएको जनाएको छ ।सडक

डिजिटल अर्थतन्त्रमा एआई र साइबर सुरक्षामा सचेत रहन विज्ञहरूको जोड

काठमाडौं ,१६ भदौ। नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स एआइको भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत उद्योग

६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त, त्रिविमा शिक्षाध्यक्ष पनि फेरिए

काठमान्डौ,१६ भदौ ।सरकारले त्रिभुवन विश्वविद्यालयसहित ६ वटा विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा शिक्षाध्यक्ष