सम्झनामा गणेश रसिक

‘स्रष्टा कहिल्यै मर्दैनन्‌’

मोरङ, २६ जेठ / दिवङ्गत व्यक्तिलाई सम्झने विभिन्न तरिका हुन सक्छन् । कसैले स्मृतिसभा गरेर त कसैले श्रद्धाञ्जली सभा गरेर दिवङ्गत व्यक्तिलाई सम्झने गर्छन् तर बेलबारीमा भने दिवङ्गत स्रष्टा गणेश रसिकलाई फरक तरिकाले सम्झिने काम भएको छ ।

 

‘लेखक, स्रष्टा तथा कलाकार अमर हुन्छन्, उनीहरूको श्रद्धाञ्जली सभा गर्नु आवश्यक छैन भन्ने सन्देश दिने उद्देश्यले बेलबारीमा आयोजित एक कार्यक्रममा दिवङ्गत स्रष्टा गणेश रसिकका तस्बिरमा फूल माला वा अबिर केही पनि चढाइएन । यतिसम्म कि कार्यक्रम अवधिभर नै उहाँप्रति श्रद्धाञ्जलीका शब्दसमेत व्यक्त गरिएन ।

 

जुझारु मिडिया एण्ड रिसर्च सेन्टर तथा शिक्षा सन्देश इङ्ग्‌िलस स्कुलको संयुक्त आयोजनमा सम्पन्न कार्यक्रममा जीवनी, व्यक्तित्व र कृतित्वमाथि चर्चा तथा रसिकका रचनावाचन गरेर दिवङ्गत स्रष्टा गणेश रसिकलाई सम्झिने काम भएको छ ।

 

‘सम्झनामा गणेश रसिक’ नाम दिइएको उक्त कार्यक्रममा दिवङ्गत गीतकार, सङ्गीतकार, गायक तथा अग्रज स्रष्टा रसिकको ‘जीवनी, व्यक्तित्व तथा कृतित्व’ माथिको चर्चा जुझारु मिडिया तथा रिसर्च सेन्टरका अध्यक्ष केशु विरहीले गर्नुभएको थियो । रसिकको व्यक्तित्वका विभिन्न पाटाका बारेमा प्रस्ट पार्दै लेखक, स्रष्टा तथा कलाकार सधैँ अमर रहने हुनाले उनीहरूका तस्बिरमा फूलमाला तथा अबिर चढाउन नपर्ने बताउनु भयो । शिक्षा सन्देश इङ्ग्‌िलस स्कुलका विद्यार्थीहरूको समेत बाक्लो उपस्थिति रहेको कार्यक्रममा लेखक तथा अनुसन्धातासमेत रहेका विरहीले रसिकजस्ता लेखक तथा स्रष्टाका बारेमा अध्ययन गर्न पनि बालबालिकालाई सुझाउनु भयो ।

 

पूर्व सांसदसमेत रहनु भएका वरिष्ठ साहित्यकार हर्कमान तामाङले यो एउटा नौलो तर महत्वपूर्ण सन्देश प्रवाह गर्ने कार्यक्रम रहेको विचार व्यक्त गर्दै लेखक तथा स्रष्टाहरू कहिल्यै पनि नमर्ने, आफ्ना सिर्जनाका माध्यमबाट उनीहरू सधैँ जीवित रहने पनि धारणा राख्नु भयो ।
कार्यक्रममा भाषाविद् अमृतप्रसाद आचार्य, नाटककार भरत गुरागाईं बरबरिक, सुन्दहरैँचा कला, साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरेलगायतका व्यक्तित्वले रसिकलाई सम्झिँदै उहाँसँग जोडिएका यादहरू सुनाउनु भयो । रसिकले जीवनभर नेपाल भाषा, साहित्य र कला–संस्कृतिको विकासमा अतुलनीय योगदान दिएको उहाँहरूको भनाइ रहेको थियो ।

 

कार्यक्रममा बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, शिक्षा सन्देश इङ्ग्‌िलस स्कुलका प्रधानाध्यापक राजेश खत्री, कला–साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरेका सचिव लक्ष्मीप्रसाद फुयाल, प्रिन्स प्रमोद ढकाल, सोमप्रसाद भट्टराई, सिजन श्रेष्ठ, दुर्गा खरेल, यादव भट्टराई, खेमचन्द्र अधिकारी, वासु अधिकारी, एकराज भट्टराईलगायतका लेखक, स्रष्टा तथा कलाकारहरूको उपस्थिति रहेको थियो । शिक्षा सन्देशमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीको समूहले ‘मलाई प्यारो लाग्छ, लहरा पहराको देश’ बोलको गीत प्रस्तुत गरेका थिए । साथै आइतराज लिम्बू, जुनु बुढाथोकीलगायतका कलाकारको साङ्गीतिक प्रस्तुतिसमेत रहेको थियो । साथै स्रष्टाहरू लक्ष्मीप्रसाद फुयल, प्रिन्स प्रमोद ढकाल, सिजन श्रेष्ठ, एकराज भट्टराईलगायतका स्रष्टाले रचनावाचन गरेका थिए ।
कार्यक्रम शिक्षा सन्देश इङ्ग्‌िलस स्कुलका अध्यक्ष भूपाल बस्नेतको अध्यक्षतामा सम्पन्न भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय

रविलाई चिनियाँ राजदूतको आश्वासन– विपद् पूर्वसूचना प्रणाली बलियो बनाउँछौं

 काठमाडौं , १६ भदौ । रास्वपा सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवर्ता भएको छ ।उनीहरूबीच बुधबार दिउँसो सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा

रसुवा, नुवाकोट र धादिङमा १६ अर्ब ५० करोडको भौतिक क्षति

काठमाडौँ,१६ भदौ। सहरी विकास तथा भवन निर्माण विभागले हालैको बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो भौतिक क्षति भएको जनाएको छ ।सडक

डिजिटल अर्थतन्त्रमा एआई र साइबर सुरक्षामा सचेत रहन विज्ञहरूको जोड

काठमाडौं ,१६ भदौ। नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स एआइको भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत उद्योग

६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त, त्रिविमा शिक्षाध्यक्ष पनि फेरिए

काठमान्डौ,१६ भदौ ।सरकारले त्रिभुवन विश्वविद्यालयसहित ६ वटा विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा शिक्षाध्यक्ष