कोशीको पहिलो बालमैत्री नगरपालिका भद्रपुर

बजेटमा बाल सरोकारका विषय समेट्न अभिमुखीकरण

भद्रपुर, २७ जेठ / कोशी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका झापाको भद्रपुरमा बालबालिकाका सरोकारका विषयलाई आगामी बजेटमा समेट्ने उद्देश्यले नगर बाल सञ्जालले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

 

नगर बाल सञ्जालका अध्यक्ष उत्सव पाण्डेको अध्यक्षता र भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा आगामी बजेटमा बाल सरोकार समेट्न तथा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणासम्बन्धी विषयमा विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख राधा कार्कीले जीवनमा सबैभन्दा ठूलो कुरा सिकाइ भएको बताउनुभयो । सिक्ने र अघि बढ्ने क्रम जारी राख्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘अहिले पढ्ने र सिक्ने समय हो, यसलाई महत्वका साथ अघि बढाउन म आग्रह गर्छु ।’ माटोबाट सानो दियो र ठूलो घैला दुवै बन्ने भएकाले ठूलो बन्ने प्रयास गर्नुपर्नेमा उहाँको जोड छ ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले तीन वटा मुख्य उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । बालमैत्री नगरपालिकालाई यथावत राखेर अझ सक्रिय बनाउन यस्ता कार्यक्रम गर्ने गरिएको उहाँले बताउनुभयो । बालमैत्री नगर घोषणा भएपछि केही न केही उपलब्धि हासिल भएका र तिनीहरुलाई आत्मसात गरेर बालबालिकाको अझ बृहत्तर हितमा काम गर्न बाल क्लब, बाल सञ्जाल र विद्यार्थीहरुको साथ र सहयोग आवश्यक रहेको उहाँले जनाउनु भयो ।

 

नगर बाल सञ्जाल अध्यक्ष उत्सव पाण्डेले भद्रपुर नगर क्षेत्रमा २२ हजारभन्दा बढी बालबालिका रहेको जानकारी दिनुभयो ।

 

अभिमुखीकरण कार्यक्रममा भद्रपुर नगरपालिका वडा नम्बर १ देखि ५ सम्मका वडा बाल सञ्जालका अध्यक्ष एवं प्रतिनिधि, पाँचवटै वडाका सबै सामुदायिक तथा निजी विद्यालयका चार/चार जनाको सहभागिता रहेको नगरबाल सञ्जालका सचिव समीर निरौलाले जानकारी दिनुभयो । नगरबाल सञ्जालले गत माघमा भद्रपुर वडा नम्बर ६ देखि १० नम्बर वडाका बालबालिकालाई समेटेर अभिमुखीकरण सम्पन्न गरिसकेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप