असार २ मा सिरिजात पर्व समापन

धिमाल समुदायको पहिलो डाक्टर सुजनालाई युवा प्रतिभा पुरस्कार

उर्लाबारी, २७ जेठ/ धिमाल जातिको पहिलो डाक्टर सुजना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ ।

 

धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएको धिमाल युवा प्रतिभा पुरस्कार धिमाल समुदायको पहिलो एमबीबीएस डा. सुजनालाई प्रदान गरिने भएको हो ।

 

दमक–२, खरखरे निवासी सुजनाले गण्डकी मेडिकल कलेज पोखराबाट ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एमबीबीएस) उतिर्ण गर्नु भएको छ । मोरङ, झापा र सुनसरीमा बसोबास गर्ने धिमाल समुदायबाट एमबीबीएस उतिर्ण गरि समुदाय बाटै पहिलो डाक्टर हुन सफल हुनु भएकाले उहाँको प्रतिभालाई कदर गर्दै धिमाल प्रतिभा पुरस्कार २०८२ बाट सम्मान गर्ने निर्णय गरिएको पुरस्कार छनोट समिति संयोजक अजितकुमार धिमालले जानकारी दिनुभयो ।

 

हरेक वर्ष धिमाल जातिको उद्गमस्थलका रुपमा रहेको लेटाङको राजारानीमा बैशाख २ गतेबाट औपचारिक रुपमा सुरु भएको जातिरी/ सिरिजात पर्व असार २ गते धिमाल परियोजना स्थल, उर्लाबारी–३, मंगलबारेमा समापन हुनेगर्दछ । समापनमा सो पुरस्कार प्रदानसहितका कार्यक्रम आयोजना हुनेछन् ।

 

समापनका अवसरमा यो पुरस्कारबाट धिमाल समुदायबाट विशेष योगदान पुर्‍याउने एक जना युवा प्रतिभालाई सम्मान गरिदै आएको छ । पुरस्कार स्वरुप ५ हजार रुपैयाँ, प्रमाणपत्र र आल्गी धावा ओढाई सम्मान गर्ने गरिएको छ । यस अघि बडिबिल्डर विकास धिमाल, गायिका मेचु धिमाल, बडिबिल्डर ललित धिमाल, फुटबलर रजिन धिमाल, तेक्वान्दो खेलाडी दिपेन धिमाल, गायक राजेश धिमाल, नृत्याङ्गना सरस्वती धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिसकिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।