बुस्टर खोप

कोभिसिल्ड खोप लगाएकालाई बुस्टर डोज

khop-2

 

 

 

धरान  धरानमा ६० वर्षभन्दा माथिका नागरिकलाई कोभिसिल्ड खोपको बुस्टर डोज दिन लागिएको छ ।

माघ २५ र २६ गते धरानका तीन स्थानमा खोप लगाउने तयारी भएको धरान उपमहानगर स्वास्थ्य महाशाखाले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । महाशाखा प्रमुख उमेश मेहताका अनुसार यसअघि कोभिसिल्डको दुई खोप पूरा गरेका नागरिकलाई यो खोप दिन लागिएको हो ।

त्यस्तै अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सफाइकर्मी, जनप्रतिनिधि, पत्रकार र सार्वजनिक सेवा प्रवाहमा खटिएका जनशक्तिलाई पनि बुस्टर डोज दिइने जनाइएको हो ।

नगरका अनुसार धरान–१ को पुरानो अस्पताल, धरान–१५ को आधारभूत स्वास्थ्य चौकी र धरान–१८ को वडा कार्यालयमा खोप लगाइने भएको छ । खोप लगाउन आउनेलाई अनिवार्य रूपमा दुई डोज पूरा गरेको खोप कार्ड ल्याउनका लागि आग्रह गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।