गर्मीको असर

अत्यधिक गर्मीले पठनपाठनमा समस्या (भिडिओ रिपोर्ट)

समस्यालाई मध्यनजर गर्दै झापाका केही पालिकाहरुले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

 

दमक, २८ जेठ  । केही दिनदेखिको अत्यधिक गर्मीका कारण पूर्वी तराईको जनजीवन समस्यामा परेको छ । निरन्तरको चर्को घामले सबैतिरको जनजीवनमा निकै असर पुगेकाे छ ।

खासगरी विद्यालय जाने बालबालिकालाई गर्मीले थप असर गरेको छ । यही समस्यालाई मध्यनजर गर्दै झापाका केही पालिकाहरुले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । सोही बमोजिम पठनपाठन स्थगित गरिएको छ ।

 

 

 

दमक नगरपालिकाले पनि नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने बुधबार निर्णय गरेको छ । दमक नगरपालिकाको कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिए अनुसार जेठ २९ र ३० गते विद्यालयहरू बन्द रहनेछन् । तर, केही दिन यता विद्यालयमा विद्यार्थीहरुलाई परेको समस्या अधिक छ । विद्यार्थीहरुले कक्षा कोठामा बसेर पढ्न समस्या भएको प्रतिक्रिया दिएका छन् । तर केही विद्यालयहरुमा भने कक्षाकोठामा सिलिङ पङ्खा र पर्याप्त पिउने पानीको समस्याका कारण गर्मीले पढ्न नसक्ने अवस्था भएको हो ।

 

 

बिगत केही दिन यता बढेको गर्मीका कारण विद्यार्थीहरुमा टाउको दुख्ने, चक्कर लाग्ने र कमजोरी हुने जस्ता समस्या लिएर आफू कहाँ आउने गरेको दमक ९ स्थित सरस्वती माध्यमिक विद्यालयमा विद्यालय नर्सका रुपमा कार्यरत सीता अधिकारी बताउनुहुन्छ । प्रकृति आफूहरुको बसको विषय नरहेको तर विद्यालयका प्रत्येक कक्षामा पङ्खा र पर्याप्त पिउने पानीको व्यवस्थापन गरेर पढाईलाई निरन्तरता दिएको दमक ५ स्थित दीपिनी आधारभूत बिद्यालयका प्रधानाध्यापक शेषकुमार निरौलाको भनाइ छ ।

 

 

 

एकातर्फ समयमै पाठ्यक्रम सक्नुपर्ने विद्यालयको बाध्यता, अर्कोतर्फ गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्य समस्या । यस्तोमा विद्यालयले बैकल्पिक उपायका रुपमा बिहानी कक्षा सञ्चालन र अन्य समयमा गरिने विद्यालय बिदा कटौति गर्दै विद्यार्थीहरुको नियमित पठनपाठन गराउने उपाय उत्तम हुने देखिन्छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।