चलचित्र

‘महाभोज’को अग्रिम बुकिङ खुल्यो

सहकारी पीडितको कथा, देशभर २ सय शो प्राप्त

दमक, २९ जेठ / भोलि शुक्रबार रिलिज हुने नेपाली कथानक चलचित्र ‘महाभोज’को अग्रिम टिकट बुकिङ खुला भएको छ ।

 

देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका चलचित्र हलहरूले बुकिङ खुलाएका हुन् । सहकारी पीडितको कथामा बनेको चलचित्रले प्रारम्भिक चरणमा करिब २ सय शो प्राप्त गरेको छ । चलचित्रको काठमाडौँ, पोखरा र बुटवलमा प्रिभ्यु प्रिमियर भइसकेको छ । प्रिमियरबाट चलचित्रले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

 

जेठ १५ गते रिलिज गर्ने तय भएको चलचित्र विभिन्न राजनीतिक तथा अन्य आन्दोलनहरूका कारण रिलिज सरेर जेठ ३० गते पुगेको हो ।
विकास सुवेदीको लेखन, दिनेश राउतको निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्तको विशेष भूमिका रहेको र चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याललगायतको अभिनय छ ।

 

 

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेको सो चलचित्रका निर्माता हिमाल कडरिया रहनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।