ट्रम्प नीतिले निम्त्यायो असहजता

लस एन्जलसमा कर्फ्यु, चारसय जना गिरफ्‌तार

अमेरिका, २९ जेठ / राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति विरुद्ध धेरै दिनको विरोध प्रदर्शनपछि अमेरिकाको लस एन्जलसमा कर्फ्यु लगाइएको छ । कर्फ्युको पहिलो रातमा नै कागजात नभएका आप्रवासीसहित चार सय जनालाई गिरफ्तार गरिएको छ ।

 

गिरफ्तार भएकामध्ये तीन सय ३० जना कागजात नभएका आप्रवासी छन् । अन्य एक सय ७० जनालाई तोडफोडका कारण गिरफ्तार गरिएको ट्रम्प प्रशासनले जनाएको छ । दुई भिन्न घटनामा प्रहरी अधिकारीमाथि विस्फोटक ककटेल प्रहार गरेर ज्यान लिने प्रयास गरेको अभियोगमा दुई जनालाई गिरफ्तार गरिएको हो।

 

लस एन्जलसकी मेयर कारेन बासले राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण स्थिति असहज बनेको बताउँदै उहाँले शान्त रहेको सहरमा आप्रवासी धरपकड सुरु गरेर अशान्त बनाएको आरोप लगाउनु भएको छ ।

 

 

बासले मंगलबार शहरमा व्यापार नै असरग्रस्त भएका कारण कर्फ्यु घोषणा गर्न वाध्य भएको उल्लेख गर्नुभएको छ । अमेरिकी महान्यायाधिवक्ता पाम वियोन्डीले ह्वाइट हाउसमा बोल्दै यस असहज अवस्थालाई हटाउन कर्फ्युले धेरै सहयोग गरेको बताउनु भयो ।

 

 

प्रदर्शनपछिको वातावरणलाई नियन्त्रणमा लिन चार हजार राष्ट्रिय सुरक्षा गार्ड र चार सय समुद्री सेना तैनाथ गरिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड तथा समुद्री सेना तैनाथ गर्ने निर्णयलाई गेभिन न्युसमले प्रजातन्त्र माथिको प्रहार भन्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।