दमक, २९ जेठ / वर्षासंगै परेको चट्याङले लागेर झापामा दुईवटा गाई मर्नुकासाथै दुई जना मानिस घाइते भएका छन् ।
बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ सट्टाभर्ना टोलका ६० वर्षीय पुण्य पौडेल आफ्नै गाई गोठमा काम गर्ने क्रममा बुधबार साँझ हावाहुरीसहित आएको चट्याङ लागेर घाइते बन्नु भएको छ । उहाँको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । चट्याङले लागि उहाँको एउटा गाईको मरेको छ ।
यसैगरी, जिल्लाको शिवसताक्षी नगरपालिका ७ टेक्राकी डम्बर ५० वर्षीया कुमारी भुजेल पनि चट्याङले लागेर घाइते बन्नु भएको छ । उहाँको घर नजिकै रहेको गाईगोठमा बाँधिराखेको १ वटा गाईलाई पनि पानीसंगै परेको चट्याङले लागि गाई घट्नास्थलमै मरेको जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार जनाएको छ ।









