बढ्दै कृषि यान्त्रिकरण

भद्रपुरका किसानले पाए दुइटा राइस ट्रान्सप्लाल्टर

कृषि यान्त्रिकरणका लागि भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको वजेटमा ३० लाख रुपैयाँ छुट्याएको थियो । त्यसमा कोशी प्रदेश सरकारले ४० लाख थपिदियो ।

भद्रपुर, २९ जेठ । भद्रपुर नगर क्षेत्रका किसानले अव भाडाको राइस ट्रान्सप्लान्टर ( धान रोप्ने मेसिन) खोज्दै भौतारिनु पर्ने छैन ।

अघिल्ला वर्षहरुमा यहाँका केही किसानले मेचीनगरमा कार्यालय रहेको नेपाल वहुउद्देश्यीय सहकारी ( एनएमसी) बाट भाडामा राइस ट्रान्सप्लान्टर ल्याएर धान रोप्नुपथ्र्यो । यसरी भाडामा मेसिन खोज्दा उनीहरुले भनेको समयमा र सोचेजसरी धान रोप्न पाउँदैनथे ।
यो वर्षदेखि भने ती किसान ढुक्क छन् । भद्रपुर–१ मा रहेको पुष्पाञ्जली महिला कृषक सहकारीका सदस्य राजु भट्टराई भन्नुहुन्छ — ‘ अव हामी हाम्रो नगर क्षेत्रका किसानको धान अन्यत्रको भन्दा सस्तोमा रोपिदिन तयार छौंं ।’

यो वर्ष भद्रपुर नगरपालिकाले उपलव्ध गराएको दुइटा राइस ट्रान्सप्लान्टरमध्ये एउटा पुष्पाञ्जलीले पाएको छ । त्यस सहकारीका सदस्यहरुले केही वर्षयता कृषि उत्पादनलाई निकै बढावा दिएका छन् । गत वर्ष पनि त्यहाँका किसानले करिव २० विघा खेतमा एनएनसीबाट मेसिन भाडामा ल्याएरै भए पनि धान रोपेका थिए । यो वर्ष सय विघा हाराहारी खेतमा मेसिन लगाउने योजना रहेको भट्टराई बताउनुहून्छ ।

अर्को राइसट्रान्सप्लान्टर नेपाल वहुउद्देश्यीय सहकारीले नै पाएको छ । मेचीनगरमा आफ्नै ‘कस्टम हाइरिङ सेन्टर’ रहेको सो संस्थाले जिल्लाभरका किसानलाई यान्त्रिकरण सुविधा दिंदै आएको छ । यसका लागि कृषि ज्ञान केन्द्रमार्फत किसानले ५० प्रतिशत अनुदान पनि पाउँछन् । जस्तै ः एक विघामा मेसिनले धान रोप्दा लाग्ने १० हजार रुपैयाँमध्ये ५ हजार कृषि ज्ञान केन्द्रमार्फत् किसानले सिधै अनुदान पाउँछन् । ज्ञान केन्द्रले यो सुविधा झापाभरिका किसानलाई दिंदै आएको छ ।

‘हामी हाम्रा सदस्यमात्र होइन, सबै किसानलाई समान व्यवहार गर्छौं’–एनएमसीको कृषि फार्म उपसमितिका संयोजक हीरा पोखरेलको दाबी छ ।
कृषि यान्त्रिकरणका लागि भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको वजेटमा ३० लाख रुपैयाँ छुट्याएको थियो । त्यसमा कोशी प्रदेश सरकारले ४० लाख थपिदियो । त्यति बजेटबाट दुइटा राइस ट्रान्सप्लान्टर र १६ हजार थान धानको व्याड राख्ने ट्रे खरिद गरिएको नगरप्रमुख गणेश पोखरेलले बताउनुभयो ।

नगरपालिकाको ७५ प्रतिशत अनुदान र कृषियन्त्र प्राप्त गर्ने संस्थाको २५ प्रतिशत लागत साझेदारीमा राइस ट्रान्सप्लान्टर वितरण गरिएको कृषि शाखा प्रमुख हेमराज पन्तले जानकारी दिनुभएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर