विचार

गर्मीको विदा शिक्षकलाई हो भनेर बुझ्नु गलत

विद्यालयमा शिक्षकमात्र छन् ? विद्यार्थी छैनन् ? यति चर्को गर्मीमा ६०/६५ जना विद्यार्थीहरु एउटै कक्षामा, तातो टिनको छानामुनि पढ्नुपरेको छ ।

र्मी अत्यधिक भएर बिदा दिने केही पालिकाहरुको निर्णयमा केही वरिष्ठ वुद्दिजीविहरुको प्रतिकृया हेर्दा म चाहिं वहाँहरु सिधै शिक्षक विरोधी, आरिसे देख्छु ।

 

विद्यालयमा शिक्षकमात्र छन् ? विद्यार्थी छैनन् ? यति चर्को गर्मीमा ६०/६५ जना विद्यार्थीहरु एउटै कक्षामा, तातो टिनको छानामुनि पढ्नुपरेको छ । भएको पंखाहरु पावर नपुगेर राम्ररी घुम्दैनन्, घुमेकाबाट पनि तातो हावा आउँछ, छिनछिनमा बिजुली गइरहन्छ । उनीहरुलाई परेको गाह्रो हामी शिक्षकले देखेका छौं । कि त राज्यले कक्षाकोठाहरु मौसम अनुकुल बनाउनुपर्यो नि त ।

 

विद्यार्थीलाई पढाइमा तत्परता जगाउन के शिक्षकको जबरजस्तीले मात्र हुन्छ ? गर्मीको रापमा, चिटचिट पसिना चुहाउँदै १० देखि ०४ बजेसम्म एउटै स्थानमा बसाएर जबरजस्ती पढाइमा उत्प्रेरित गर्न सकिन्छ ? त्यसरी पढाएको पढेको अर्थ छ ? हामी शिक्षक त अत्ति गर्मी भए छहारी खोजेर बसांैला । आखिर ज्यानभन्दा ठूलो त अरु चिज हैन होला । तर ति विद्यार्थी जबरजस्ती तातो कक्षाभित्र बस्नैपर्छ । उनीहरुको मर्का कसले बुझिदिन े? शिक्षकलाई समस्या जति छ, त्यो भन्दा बढि विद्यार्थीलाई छ हजुर ।

 

सुविधासम्पन्न विद्यालयमा बिदा गर्न जरुरी छैन । पढ्ने वातावरण मौसम अनुकुल भए किन बिदा गर्नु ? अनि हुन त हाम्रो पालिकामा विदा छैन, त्यै पनि परिस्थिति अनुकुल केही पालिकाको बिदाको निर्णय मलाई चाहिं ठिकै लाग्यो ।
(राई, भगवती मावि मिक्लाजुङ मोरङकी शिक्षक हुनुहुन्छ ।)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच

रोल्पा जीप दुर्घटनामा २० जनाको मृत्यु —राज्यको मौनता र नागरिकको चित्कार

रोल्पा ,१९ वैशाख । रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटना भएको आज तीन दिन बितेको छ। ७०० मिटर