दमक, २९ जेठ । केही दिनदेखि बढेको गर्मीले तराईको जनजीवन अस्तव्यस्त बनेको छ । पूर्वी तराईमा विगत केही दिनदेखि बढेको अत्याधिक गर्मीले जनजीवन अस्तव्यस्त बनेको हो । वायुमण्डलीय तापक्रम वृद्धिसँगै तातो हावा चल्दै जादा नागरिकहरुले असहज महसुुस गर्न थालेका छन् ।
वायुमण्डलीय तापक्रम वृद्धिसँगै हावा नचल्नु र हावा चल्दा पनि तातो हावा आउनुले बढी गर्मीको महसुस सर्वसाधारणहरुले गर्ने गरेका छन् । गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । गर्मी बढ्दा बजारमा सर्वसधारणको चहलपहलमा समेत कमी आएको छ । गर्मी बढेका बेला नियमित विद्युत आपूर्ति नहुदा झन् समस्या उत्पन हुने गरेको छ । झापाको दमकसहितका बिभिन्न अस्पतालहरुमा गर्मीका बिरामीहरु बढ्न थालेका छन् । गर्मीका कारण जनजीबन नै अस्तब्यस्त बनाएको र हिडडुल गर्न समेत समस्या भईरहेको नागरिकहरुले प्रतिक्रिया दिएका छन् । गर्मीका कारण सबैजसो क्षेत्रमा समस्या निम्तिएको छ । मानिसहरुको चहलपहल नहुँदा बजार सुनसान छन् ।
गर्मीका कारण अस्पताहरुमा बिरामीको संख्या दिनप्रतिदिन बढिरहेका छन् । अस्पतालहरुमा आउने बिरामीहरुमा झाडापखाला, निमोनिया, डिहाईड्रेसन र ज्वरोका बिरामीहरु आउने गरेको दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत मेडिकल अफिसर डा. निर्मला ढकाल बताउनुहुन्छ । यस्तो अवस्थामा गर्मीबाट बच्न प्रशस्त पानी पिउन र खानपिनमा ध्यान दिन उहाको सुझाब छ ।
दिनप्रतिदिन गर्मी बढिरहेकोले जनजीबन अस्तब्यस्त छ । मानिसहरुहरुमा बिभिन्न समस्याहरु देखा परिरहेका छन् । यस्तो अवस्थामा सरकारले नागरिकहरुलाई राहत हुने खालका जनचेतनामुलक कार्यक्रम ल्याउन आवश्यक देखिन्छ । साथै अतिआवस्यकीय काम बाहेक घर बाहिर ननिस्कनपनि चिकित्सकहरुले सुझाव दिएका छन् ।









