दमकमा एमालेको प्रशिक्षक प्रशिक्षण

सरकारको लक्ष्य पूरा गर्न कार्यकर्ताको साथ खोज्दै एमाले

प्रशिक्षणमा महाधिवेशनबाट पारित नीति, सिद्धान्त, कार्यक्रम, कार्यदिशा, सामाजिक रुपान्तरणका लागि मार्क्सवादी सिद्धान्त, पार्टीको कार्यशैली, पद्धति र अनुशासन लगायत विषयमा जानकारी गराइने छ ।

दमक, जेठ ३० । नेकपा एमाले दमक नगर कमिटीले आफ्‌नो भुगोलमा रहेका पार्टी सदस्यहरुलाई प्रशिक्षण  दिएकाे छ । दुई दिन सम्म चल्ने यो प्रशिक्षण कार्यक्रमको शुक्रबार औपचारिक कार्यक्रम गरी थालनी गरिएको छ  ।

पहिलो दिन पार्टिका उप–महासचिव प्रदीप ज्ञावाली सहित स्कलु विभागकका अन्य पदाधिकारीहरुले प्रशिक्षणको सहजीकरण गर्नुभएको थियो ।

प्रशिक्षणको उद्धघाटन सत्रमा बोल्नुहुदै ज्ञावालीले सरकारको नेतृत्व समेत एमालेले गरेकोले सरकारले सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पुरा गर्न एमालेका कार्यकर्ताको भूमिका कस्तो रहनु पर्ने र कहाँ कस्ले कस्तो जिम्मेवारी निर्वाह गरेर योगदान गर्नुपर्ने भन्नेबारेमा चर्चा गर्नु भएको थियो ।

पालिकाका वडा तथा पालिकास्तरका जनप्रतिनिधिको भूमिका यो लक्ष्य पुरा गराउन केके हुन्छ र त्यसमा पार्टिसगको समन्वय कसरी गर्ने भन्नेबारेमा पनि उहाँले स्पष्ट पार्नु भयो ।

पार्टीप्रति भइरहेको बाह्य आक्रमणको सामना कार्यकता स्तरबाट कसरी गर्ने र तथ्यहिन कुराको पर्दाफास गर्दै पार्टि र पार्टिको नेतृत्वका पक्षमा कसरी माहोल बनाउने जस्ता बारेमा जानकारी गराउनु भएको थियो ।

पार्टीका कार्यकर्ताहरुले संगठन निर्माणमा बैचारीक ढंगबाट लाग्न सकुन भनेर प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नगर कमिटी अध्यक्ष राम पौडेलले जानकारी दिनुभयो ।

प्रशिक्षणमा दमक भुगोलमा रहेका १०६ जना कार्यकर्ताको सहभागिता रहेको छ ।प्रशिक्षणमा महाधिवेशनबाट पारित नीति, सिद्धान्त, कार्यक्रम, कार्यदिशा, सामाजिक रुपान्तरणका लागि मार्क्सवादी सिद्धान्त, पार्टीको कार्यशैली, पद्धति र अनुशासन लगायत विषयमा जानकारी गराइने छ ।

शनिवार बेलुकासम्म हुन यो प्रशिक्षणमा उप महासचिव ज्ञावाली सहित स्कुल विभागका सचिव धनश्याम कोईला, पर्शुराम मेघी गुरुङ, सुन्दर लामीछाने, केन्द्रिय कमिटी सदस्य रोमनाथ ओली लगायतले विषय अनुसार सहजीकरण गर्नेगरीको तालीका मिलाइएको नगर सचिव गिरेन्द्र चौँलागाईले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।