सडकको माटो बोक्दै दीपिनीमार्गवासी (फोटो फिचर)

दमक, ३० जेठ / दमक ५ स्थित दीपिनी मार्गमा घर घरबाट नालामा ढल जडान गर्न २ महिना अघिबाट सडक भत्काएर पाइप विछ्याएपनि पुन कालोपत्रे नगरिँदा स्थानीय धुलोले हैरान छन् ।

सडक कालोपत्रेको प्रक्रिया थाल्ने भन्दै सडकको धुलो उडाउने क्रममा उडेको माटो फुटपाथमा थुपारिदिएपछि त्यसलाई उठाएर स्थानीयवासीले सफा गरेका छन् ।

 

सडकले आफ्‌ना घर र पसल अगाडि माटो थुपारिदिएर नउठाइ गएपछि धुलोको थप हैरानी भई सफा गर्नुपरेको स्थानीय व्यवसायी घनेन्द्र पाठकले जनाउनु भयो ।

तर सडक कालोपत्रेको काम अझै नथालिँदा स्थानीयमा हैरानी कायम छ । धुलोका कारण केही पसलहरु त बन्द छन् ।

 


संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट ठेक्काको जिम्मा दिएको श्री जेएससी स्वामिनारायण आशिर्वाद जेभीले दु्रत गतिमा ह्यूम पाइप विछ्याएर कालोपत्रे गर्न प्रतिवद्धता जनाएको भएपनि २० दिनसम्ममा पनि प्रक्रिया सुरु नगरेपछि जेठ २७ बाट स्थानीयले पुनः सडकमा ढाट लगाएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।