स्वास्थ्य बीमाको पहुँचमा

बाह्रदशी गाउँपालिकाद्वारा १९३६ परिवारको स्वास्थ्य बीमा, कुन वडाबाट कति?

कार्यक्रम कार्यान्वयनका लागि पालिकाको करिब ६७ लाख ७६ हजार रुपैयाँ खर्च

झापा | ३० जेठ | बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा अति विपन्न, अपाङ्ग, सन्थाल र मुस्लिम समुदायलाई लक्षित गर्दै १९३६ परिवारलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याएको छ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार उक्त कार्यक्रमअन्तर्गत कुल ९ हजार ६८० जनाले स्वास्थ्य बीमामा सहभागिता जनाएका छन्। कार्यक्रम कार्यान्वयनका लागि पालिकाले करिब ६७ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ।

वडागत विवरण हेर्नुहोस |-
-वडा नं १ मा १३५ परिवार
-वडा नं २ मा ४५७ परिवार
-वडा नं ३ मा ३४६ परिवार
-वडा नं ४ मा १७० परिवार
-वडा नं ५ मा ३५० परिवार
-वडा नं ६ मा २६५ परिवार
-वडा नं ७ मा २१३ परिवार

स्थानीय तहबाट सञ्चालित यो कार्यक्रमले विशेषगरी आर्थिक रूपमा कमजोर समुदायको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण टेवा पुर्‍याएको छ। सामाजिक न्याय, समावेशिता र आधारभूत सेवाको पहुँच विस्तारमा यो पहल उदाहरणीय भएको स्थानीयवासीहरूले बताएका छन्।

स्वास्थ्य बीमा कार्यक्रमले भविष्यमा विपन्न नागरिकलाई उपचार खर्चमा पर्ने आर्थिक बोझ न्यूनीकरण गर्दै दीर्घकालीन रूपमा स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चर्को घाममा शीतलताको छहारी स् रौतहट प्रशासनको एउटा मानवीय र नागरिकमैत्री कदम

रौतहट,११,जेठ । पछिल्लो केही सातादेखि तराई–मधेसका जिल्लामा चर्को गर्मी छ । तातो हावा (लू) र अत्यधिक गर्मीका कारण रौतहटबासीको जनजीवन अस्तव्यस्त बनेको छ । यस्तो

वीरगन्जको मेन रोडलाई सहरी मार्ग बनाउन माग गर्दै विरोध प्रदर्शन

वीरगन्ज,११ जेठ । वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन् ।

डलर र कच्चा तेलको मूल्य घट्दा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं,११ जेठ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकी डलर कमजोर हुनु तथा कच्चा तेलको मूल्य घट्नुका कारण

मापसे र तीव्र गति नियन्त्रण गर्न मकवानपुर प्रहरीको विशेष अभियान

हेटौंडा,११ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मदिरा सेवन गरी सवारी साधन चलाउने चालकहरू विरुद्ध कडा चेकिङ अभियान सुरु

’भएका कुराको सदुपयोग नहुँदा नेपाल पछि पर्यो’ : सञ्चारमन्त्री तिमल्सिना

काठमाडौं,११ जेठ । सञ्चारमन्त्री बिक्रम तिमल्सिनाले नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको अभाव नभई भएका सम्पदा र क्षमताको सही सदुपयोग गर्न नसक्नु रहेको

गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा