झापा | ३० जेठ | बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा अति विपन्न, अपाङ्ग, सन्थाल र मुस्लिम समुदायलाई लक्षित गर्दै १९३६ परिवारलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याएको छ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार उक्त कार्यक्रमअन्तर्गत कुल ९ हजार ६८० जनाले स्वास्थ्य बीमामा सहभागिता जनाएका छन्। कार्यक्रम कार्यान्वयनका लागि पालिकाले करिब ६७ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ।
वडागत विवरण हेर्नुहोस |-
-वडा नं १ मा १३५ परिवार
-वडा नं २ मा ४५७ परिवार
-वडा नं ३ मा ३४६ परिवार
-वडा नं ४ मा १७० परिवार
-वडा नं ५ मा ३५० परिवार
-वडा नं ६ मा २६५ परिवार
-वडा नं ७ मा २१३ परिवार
स्थानीय तहबाट सञ्चालित यो कार्यक्रमले विशेषगरी आर्थिक रूपमा कमजोर समुदायको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण टेवा पुर्याएको छ। सामाजिक न्याय, समावेशिता र आधारभूत सेवाको पहुँच विस्तारमा यो पहल उदाहरणीय भएको स्थानीयवासीहरूले बताएका छन्।
स्वास्थ्य बीमा कार्यक्रमले भविष्यमा विपन्न नागरिकलाई उपचार खर्चमा पर्ने आर्थिक बोझ न्यूनीकरण गर्दै दीर्घकालीन रूपमा स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
 
								 
								 
								 
											 
								 
								 
								 
								 
								 
								 
								








