सिमानामा कडाई

झापामा भन्सार छली ल्याइएको १३ थान आइफोनसहित एक व्यक्ति पक्राउ

सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानी कडा बनाउँदै

मेचीनगर, ३० जेठ | भन्सार छली गरी भारतबाट नेपाल भित्र्याउन लागिएको अवस्थामा प्रहरीले झापाको धुलाबारीबाट करिब साढे पाँच लाख रुपैयाँ बराबरका मोबाइल सेट बरामद गरेको छ ।

प्राप्त जानकारी अनुसार, २०८२ जेठ २९ गते दिउँसो ३:३० बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१२ स्थित धुलाबारी बस स्ट्याण्ड नजिक चेकजाँचका क्रममा भारतको पश्चिम बंगाल निवासी ६५ वर्षीय नुर आलमलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको थियो । उनी धुलाबारीबाट ईटहरी जाँदै गरेका थिए ।

प्रहरीले आलमको साथमा रहेको झोलाबाट भन्सार छली गरी ल्याइएका कुल १३ थान मोबाइल सेट बरामद गरेको हो, जसको अनुमानित मूल्य ५ लाख ४० हजार रुपैयाँ बराबर रहेको बताइएको छ ।

बरामद मोबाइल विवरण निम्नानुसार छन्ः
१. iPhone 13 Pro Max – १ थान
२. iPhone 12 Pro – २ थान
३. iPhone 12 – ३ थान
४. iPhone 11 – ६ थान
५. iPhone XR – १ थान

प्रहरीका अनुसार, उक्त घटनामा संलग्न व्यक्ति नुर आलमलाई नियन्त्रणमा लिई २०८२ जेठ ३० गते बरामद मोबाइलसहित मेचि भन्सार कार्यालय, काकडभिट्टा पठाइएको छ ।

अवैध रुपमा विदेशी मोबाइलको तस्करी बढ्दै गइरहेको सन्दर्भमा सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानी कडा बनाउँदै गएको बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।