सीप विकासमा पालिका

अर्ग्यानिक धुप र परालको चप्पल बनाउने तालिम

उद्यमशीलताको नयाँ ढोका खुल्दै

गौरादह, ३१ जेठ / गौरादह नगरपालिका १ स्थित सभाहलमा १५ दिने ‘बाटेको अर्ग्यानिक एण्टी ब्याक्टेरियल धुप र परालको चप्पल उत्पादन, बजारीकरण तथा ब्राण्डिङ’ सम्बन्धी तालिम सम्पन्न भएको छ ।

 

नगरपालिकाको आर्थिक सहयोगमा दिब्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्न कमलले सञ्चालन गरेको तालिमले महिला तथा स्थानीय समुदायमा आत्मनिर्भरता र साना उद्योमी बन्न चाहानेप्रति उत्साह बढाएको छ ।

 

कार्यक्रमकी प्रमुख अतिथि गौरादह नगरपालिकाका उपप्रमुख जलवर्षा राजवंसीले नगरले उत्पादनमुखी तालिमहरूलाई प्राथमिकतामा राखेको र यस्ता प्रयासहरूले रोजगारी सिर्जना र स्वदेशमै आत्मनिर्भरता सम्भव हुने बताउनु भयो । उहाँले यस प्रकारका कार्यक्रम धेरै भए पनि यो कार्यक्रम प्रभावकारी देखिने विश्वास व्यक्त गर्नु भयो ।

 

कार्यक्रममा दिब्यदृष्टि भेनेरेसन तथा पाभीभरा हेल्थ एन्ड वेलनेश फाउण्डेसनका अध्यक्ष विष्णुप्रसाद पोखरेलले तालिमको उद्देश्य, महत्व र सहभागीहरूद्वारा बनाइएका सामग्रीबारे विस्तृत जानकारी दिनुभयो । सहभागीहरूलाई उत्पादनपछि बजारीकरणमा सहजीकरण गरिने पनि जानकारी दिनुभयो । स्वास्थ्य जीवनका लागि अर्ग्यानिक तथा एण्टी ब्याक्टोरियल धुप उत्पादनमा आफुहरु लागेको र दिब्यदृष्टि ब्राण्डको धुप बजारमा ल्याएको पोखरेलले प्रष्ट्याउनु भयो ।

 

कार्यक्रमको समापनमा गौरादह नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख वविता तुम्बापो र वडा सदस्य अञ्जु निरौलाले सहभागीहरूलाई आगामी दिनमा निरन्तर उत्पादन गरेर व्यवसायिक यात्रामा लाग्न प्रेरणा दिदै आगामी दिनमा सो कार्यक्रमलाई निरन्तरता दिने जनाउनु भएको थियो ।

 

प्रमुख प्रशिक्षक समेत रहेकी दिब्यदृष्टिकी सञ्चालक एवम् कार्यकारी प्रमुख वविता तिम्सिनाले तालिमले महिलाहरुको उद्यमशीलताको जग बसाउन ठूलो टेवा पुर्‍याउने वताउनु भयो । तालिममा सहभागीले चाख मानेर सीप सिकेका थिए ।

 

तालिममा सहभागीहरूलाई बीउ पुँजीस्वरूप आवश्यक धुप बनाउन चाहिने सामग्री र ब्राण्डिङ सामग्री प्रदान गरिएको छ ।
१५ दिनको अवधिमा स्थानीय स्रोत साधनको सदुपयोग गरी नयाँ उत्पादनको सम्भावना उजागर हुनुका साथै बजारसम्म पु–याउने सीप सिकाइएको आयोजकको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर