संस्कारको प्रवर्द्धनमा एकता

दमकको बेलडाँगी र अमेरिकामा एकसाथ विश्व शान्ति महायज्ञको तयारी

जहाँ जहाँ भुटानीहरु पुगेका छन् ती देश र माटोको पनि सम्मानस्वरुप अनुष्ठानको आयोजना ।

दमक, ३१ जेठ/ आउँदो साउन १ देखि ७ गतेसम्म झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी र अमेरिकामा एकैसाथ ’विश्व शान्ति ज्ञानमहायज्ञ २०२५’ हुने भएको छ ।

 

विश्व भुटानी हिन्दू संगठन र सनातन हिन्दू समाज बेलडाँगीको संयुक्त पहलमा सम्पूर्ण भूटानीहरुलाई सहभागी गराइ भूटानी आन्दोलनमा ज्यान गुमाएका सहिद ,बेपत्ता र शिविरमा अकालमा मृत्युवरण गरेकाहरुको सम्मान र श्रद्धा अर्पण गर्दै शान्तिको कामनामा महायज्ञ हुने भएको हो । सबै ठाउँमा जहाँ जहाँ भुटानीहरु पुगेका छन् ती देश र माटोलाई पनि सम्मान स्वरुप अनुष्ठानको आयोजना भएको बेलडाँगीका दिल भुटानीले जनाउनु भयो ।

 

यसै उद्धेश्यलाई पुरा गर्न अमेरिकाबाट हाल नेपाल आउनु भएका विश्व भुटानी हिन्दु संगठनका अध्यक्ष कमल धिमाल खल्तिपीडितसहितको टोलीले स्थानीयसंग छलफल गरेको छ । यसक्रममा टोलीले बेलडाँगीका साथै मोरङको पथरी शनिश्चरे शिविरमा भेटघाट गरेको छ ।

 

संगठनका अध्यक्ष खल्तिपीडितको अगुवाईमा अमेरिकामा सांस्कृतिक धाम निर्माणको अभियान अघि बढेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका