उत्खन्नमा नगरको रोक

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन र ढुवानी कार्य आजदेखि अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाएको छ।

नगरपालिकाले आज (२०८२ साल जेठ ३१ गते) साझ ६:०० बजेदेखि यो निर्णय कार्यान्वयनमा ल्याएको हो।
दमक नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, “सामान्य निर्माणका लागि आवश्यक नदीजन्य सामग्री उत्खनन तथा संकलन कार्य अन्य व्यवस्था नभएसम्म पूर्णतः बन्द गरिएको छ।”

सूचनामा नगर क्षेत्रभित्र नदीजन्य स्रोतहरूको अनियन्त्रित दोहन रोक्न तथा कानुनी व्यवस्थालाई कार्यान्वयनमा ल्याउन यो निर्णय गरिएको उल्लेख गरिएको छ। साथै, सूचनाको अवज्ञा गरी नदीजन्य सामग्री उत्खनन वा संकलन तथा ढुवानी गरे कानुनी कारबाही हुने नगरपालिकाले स्पष्ट पारेको छ।

नगरका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीद्वारा हस्ताक्षरित सूचनामा नगरवासी, निर्माण व्यवसायी तथा सम्बन्धित पक्षलाई सावधानीपूर्वक यस्ता गतिविधि नगर्न आग्रह गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर