खेलकुद

दमकमा पहिलो लायन्स आमन्त्रित पालिका स्तरीय कराते प्रतियोगीत सम्पन्न

दमक बन्यो बिजयी , कमल र चुलाचुली क्रमश द्धितीय र तृतिय

दमक ३१ जेष्ठ । झापाको दमकमा पहिलो पटक लायन्स आमन्त्रित पालिका स्तरीय कराते प्रतियोगीता सम्पन्न भएको छ ।लायन्स क्लव अफ दमक बिग बुद्धको प्रायोजनमा दमक नगर सितोरीयो कराते खेल विकास समितीको आयोजनामा प्रतियोगीता सम्पन्न भएको हो । प्रतियोगीतामा झापाको दमक पहिलो बनेको छ । उसले मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै कमल गाउँपालिका द्धितिय भएको छ भने इलामको चुलाचुली गाउँपालिका तितृय भएको छ ।

 

 

शनिबार दमक ६ स्थित तरकारी बजार भित्र रहेको कलर्डहलमा सम्पन्न प्रतियोगीतामा पालिकाको प्रतिनिधीत्व गर्दै ९५ जना सहभागी भएका थीए । बिजेताहरुलाई दमक नगरपालिका वडा नं ६ का वडाध्यक्ष टेक बहादुर थापा, लायन्स क्लव दमक बिग बुद्धका अध्यक्ष आनन्द थापा, लायन्सका जोन चेयर पर्सन कमल उदास लगायतले प्रमाणपत्र र मेडल प्रदान गर्नु भएको थियो । २० केजी देखी ५० केजी तौल समुहका बालबालीकाहरुलाई प्रतियोगीतामा सहभागीता गराइएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको