खेलकुद

दमकमा पहिलो लायन्स आमन्त्रित पालिका स्तरीय कराते प्रतियोगीत सम्पन्न

दमक बन्यो बिजयी , कमल र चुलाचुली क्रमश द्धितीय र तृतिय

दमक ३१ जेष्ठ । झापाको दमकमा पहिलो पटक लायन्स आमन्त्रित पालिका स्तरीय कराते प्रतियोगीता सम्पन्न भएको छ ।लायन्स क्लव अफ दमक बिग बुद्धको प्रायोजनमा दमक नगर सितोरीयो कराते खेल विकास समितीको आयोजनामा प्रतियोगीता सम्पन्न भएको हो । प्रतियोगीतामा झापाको दमक पहिलो बनेको छ । उसले मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै कमल गाउँपालिका द्धितिय भएको छ भने इलामको चुलाचुली गाउँपालिका तितृय भएको छ ।

 

 

शनिबार दमक ६ स्थित तरकारी बजार भित्र रहेको कलर्डहलमा सम्पन्न प्रतियोगीतामा पालिकाको प्रतिनिधीत्व गर्दै ९५ जना सहभागी भएका थीए । बिजेताहरुलाई दमक नगरपालिका वडा नं ६ का वडाध्यक्ष टेक बहादुर थापा, लायन्स क्लव दमक बिग बुद्धका अध्यक्ष आनन्द थापा, लायन्सका जोन चेयर पर्सन कमल उदास लगायतले प्रमाणपत्र र मेडल प्रदान गर्नु भएको थियो । २० केजी देखी ५० केजी तौल समुहका बालबालीकाहरुलाई प्रतियोगीतामा सहभागीता गराइएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।