झापा आएर प्रचण्डको प्रण

एक महिना भित्र भिजिट भिसाका बारेमा अनुसन्धान नभए आन्दोलन गर्छौ

‘नबुझेर असन्तुष्टि जनाइएको हो, बुझिएपछि सबै खुसी हुन्छन । निर्णय सही छ भन्ने महसुस गर्छन ।’

दमक, ३१ जेठ |  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको प्रमुख प्रतिपक्षको दबाबका बिच माओवादी केन्द्रले सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र एमालेसँग २ बुँदे सहमति गरेको भोलिपल्टै अर्थात सनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झापा आउनुभयो ।

 

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनसँग भएको २ बुँदे सहमतिसँग पार्टी उपाध्यक्ष अग्नि सापकोटासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्नुभएको छ ।

 

 

 

सनिबार झापाको दमक ४ स्थित दाहाल प्रतिष्ठानमा आयोजित दाहाल बन्धुहरुको भेटघाट तथा बृक्षारोपण कार्यक्रमको उद्घाटन पछि रेडियो किङ एफएम र उज्यालो खबरसँगको संक्षिप्त संबादमा उहाले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

 

 

 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको प्रमुख प्रतिपक्षको दबाबका बिच माओवादी केन्द्रले सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र एमालेसँग २ बुँदे सहमति गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ ।

 

 

 

 

यस विषयमा नागरिक र कार्यकर्ताले असन्तुष्टि जनाइरहेका छन् नि भन्ने हाम्रो प्रश्नमा अध्यक्ष दाहालले भन्नुभयो, ‘नबुझेर असन्तुष्टि जनाइएको हो, बुझिएपछि सबै खुसी हुन्छन । निर्णय सही छ भन्ने महसुस गर्छन ।’

 

 

 

देश र जनताको हितमा आवश्यक परे सहमति, विरोध र विद्रोह सबै विकल्प खुला रहेको उल्लेख गर्दै पछिल्लो समयको राजनीतिक सहमति, संसद् अवरोध, शिक्षा ऐन र संघीय निजामती ऐनलगायतका विषयमा उहाले आफ्‌नो धारणा प्रस्ट पार्नुभएको थियो ।

 

 

 

 

त्यस्तै उहाले दमकमा रहेको दाहाल प्रतिष्ठानलाई थप सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै कोभिड १९ का बेला प्रतिष्ठानले खेलेको भूमिकाका बिषयमा खुलेरै प्रशंशा गर्नुभयो ।

 

 

 

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष दाहालले दमक ९ मा निर्माणाधिन एक अस्पतालको अवलोकन समेत र्ष्नुभएको थियो । डाक्टर सुमन आचार्य र उहाको परिवारको नीजि लगानीमा निर्माणाधिन अस्पतालको निरिक्षणका लागि अध्यक्ष दाहाल त्याहा पुग्नुभएको थियो ।

 

 

 

 

त्यस लगत्तै उहा झापाको कमल गाउँपालिका ५ स्थित रिभर भ्यू पार्टी प्यालेसमा आयोजित बिभिन्न ५ जातीय मोर्चाहरुको राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि पुग्नुभएको थियो ।

 

 

 

 

कोचिला राष्ट्रिय मुक्ति मोर्चा, धिमाल राष्ट्रिय मुक्ति मोर्चा, सन्थाल राष्ट्रिय मुक्ति मोर्चा, झागड राष्ट्रिय मुक्ति मोर्चा र मेचे राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाले झापाबाट पहिचान पक्षधरको एकताको नयाँ सन्देश दिँदै जातीय मोर्चाहरुको संयुक्त सम्मेलन उद्घाटन भएको उल्लेख गर्नुभएको थियो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर