झापा आएर प्रचण्डको प्रण

एक महिना भित्र भिजिट भिसाका बारेमा अनुसन्धान नभए आन्दोलन गर्छौ

‘नबुझेर असन्तुष्टि जनाइएको हो, बुझिएपछि सबै खुसी हुन्छन । निर्णय सही छ भन्ने महसुस गर्छन ।’

दमक, ३१ जेठ |  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको प्रमुख प्रतिपक्षको दबाबका बिच माओवादी केन्द्रले सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र एमालेसँग २ बुँदे सहमति गरेको भोलिपल्टै अर्थात सनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झापा आउनुभयो ।

 

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनसँग भएको २ बुँदे सहमतिसँग पार्टी उपाध्यक्ष अग्नि सापकोटासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्नुभएको छ ।

 

 

 

सनिबार झापाको दमक ४ स्थित दाहाल प्रतिष्ठानमा आयोजित दाहाल बन्धुहरुको भेटघाट तथा बृक्षारोपण कार्यक्रमको उद्घाटन पछि रेडियो किङ एफएम र उज्यालो खबरसँगको संक्षिप्त संबादमा उहाले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

 

 

 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको प्रमुख प्रतिपक्षको दबाबका बिच माओवादी केन्द्रले सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र एमालेसँग २ बुँदे सहमति गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ ।

 

 

 

 

यस विषयमा नागरिक र कार्यकर्ताले असन्तुष्टि जनाइरहेका छन् नि भन्ने हाम्रो प्रश्नमा अध्यक्ष दाहालले भन्नुभयो, ‘नबुझेर असन्तुष्टि जनाइएको हो, बुझिएपछि सबै खुसी हुन्छन । निर्णय सही छ भन्ने महसुस गर्छन ।’

 

 

 

देश र जनताको हितमा आवश्यक परे सहमति, विरोध र विद्रोह सबै विकल्प खुला रहेको उल्लेख गर्दै पछिल्लो समयको राजनीतिक सहमति, संसद् अवरोध, शिक्षा ऐन र संघीय निजामती ऐनलगायतका विषयमा उहाले आफ्‌नो धारणा प्रस्ट पार्नुभएको थियो ।

 

 

 

 

त्यस्तै उहाले दमकमा रहेको दाहाल प्रतिष्ठानलाई थप सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै कोभिड १९ का बेला प्रतिष्ठानले खेलेको भूमिकाका बिषयमा खुलेरै प्रशंशा गर्नुभयो ।

 

 

 

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष दाहालले दमक ९ मा निर्माणाधिन एक अस्पतालको अवलोकन समेत र्ष्नुभएको थियो । डाक्टर सुमन आचार्य र उहाको परिवारको नीजि लगानीमा निर्माणाधिन अस्पतालको निरिक्षणका लागि अध्यक्ष दाहाल त्याहा पुग्नुभएको थियो ।

 

 

 

 

त्यस लगत्तै उहा झापाको कमल गाउँपालिका ५ स्थित रिभर भ्यू पार्टी प्यालेसमा आयोजित बिभिन्न ५ जातीय मोर्चाहरुको राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि पुग्नुभएको थियो ।

 

 

 

 

कोचिला राष्ट्रिय मुक्ति मोर्चा, धिमाल राष्ट्रिय मुक्ति मोर्चा, सन्थाल राष्ट्रिय मुक्ति मोर्चा, झागड राष्ट्रिय मुक्ति मोर्चा र मेचे राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाले झापाबाट पहिचान पक्षधरको एकताको नयाँ सन्देश दिँदै जातीय मोर्चाहरुको संयुक्त सम्मेलन उद्घाटन भएको उल्लेख गर्नुभएको थियो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा