आगामी बजेट ३६/३७ अर्बको आउन सक्ने

बजेटको आकार घट्नुको कारणबारे काेशी प्रदेशका मुख्यमन्त्रीकाे यस्ताे दाबी

श्रोत व्यवस्थापनमा चुनौती रहँदा केन्द्र सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख

गौरादह,  जेठ ३१ | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रोत खुम्चिएको कारण प्रदेशको बजेटको आकार प्रत्येक वर्ष घट्दो रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०७५ / ७६ मा ४६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको भएपनि अहिले ३६/ ३७ अर्बको मात्रै ल्याउनुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

 

शनिबार  झापाको गौरदह क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको अन्तिम तयारी गरिरहेको जानकारी दिनुभयो। उहाँले संघीय सरकारले केही श्रोतहरु अहिले रोकेको चर्चा गर्दै आगामी बजेट ३६/३७ अर्बको आउन सक्ने बताउनुभयो।

मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘अहिले हामीले तानतुन पारेर ३७ अर्ब जतिको बजेट तयार गरिरहेका छौँ तर वास्तविक श्रोतको अवस्था हेर्ने हो भने अहिले हामीसँग ३३ अर्ब बराबरको मात्र स्रोत छ।’

मुख्यमन्त्रीले बजेट तयारीको अन्तिम चरण सकिएको र भोलि प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरिने जानकारी पनि दिनुभयो। उहाँले श्रोत व्यवस्थापनमा चुनौती रहँदा केन्द्र सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भन्नुभयो, “कतिपय श्रोतमा केन्द्र सरकारले कानुन बनाएर अधिकार दिन बाँकी छ, कतिपय श्रोत बन्द नै गरिएको छ।”

 

प्रदेश सरकारको बजेटले शिक्षा, पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकता दिने तयारी गरेको छ। सीमित स्रोतका कारण अपेक्षा अनुसारको बजेट ल्याउन कठिनाइ भएको मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

गौरदह को विकासमा महत्वपूर्ण भूमिका खेलेको सो क्याम्पस को विविध पक्षबारे पनि मुख्यमन्त्रीले चर्चा गर्नुभयो। उहाँले क्याम्पसको स्तरउन्नति र भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मुख्यमन्त्री कार्कीले सो अवसरमा क्याम्पसबाट विदाई हुन लाग्नुभएका शिक्षकहरू आगामी दिनको सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।