नयाँ बजेट–नयाँ आशा

कोशी प्रदेश सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट

बजेटमा चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगततर्फ १७ अर्ब १० करोड विनियोजन भएको छ ।

विराटनगर, १ असार । आर्थिक वर्ष २०८२–८३ का लागि कोशी प्रदेश सरकारले ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ ।

 

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आइतबार सो अनुमान प्रस्तुत गर्नुभएको हो । बजेटमा चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगततर्फ १७ अर्ब १० करोड विनियोजन भएको छ । वित्तीय व्यवस्थापन तर्फ १० करोड विनियोजन भएको छ ।

यो बजेट चालू आर्थिक वर्षको भन्दा १.१७ प्रतिशत बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट बनाएको थियो । त्यसमध्ये वैशाख मसान्तसम्म पूँजीगततर्फ ३९. २८ र चालुतर्फ ५५.३ प्रतिशतमात्र खर्च गर्न भएको छ ।

आगामी आर्थिक वर्षको बजेटले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा स्थानीय तहरुहरुलाई १ अर्ब ५० करोड वित्तिय समानीकरण अनुदान दिने छ । त्यस्तै सशर्त अनुदानतर्फ स्थानीय तहलाई १ अर्ब ६० करोड ७२ लाख छुट्याइएको छ ।

पूर्वाधारसम्बन्धी आयोजना कार्यान्वयन गर्न स्थानीय तहलाई समपुरक अनुदानबापत अर्ब ६० करोड विनियोजन गरिएको छ । राजश्व बाँडफाटतर्फ भने स्थानीय तहलाई १ अर्ब १० करोड हस्तान्तरण गरिने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।