मुन्दुम पदमार्गमा चहलपहल

भाेजपुरमा सातौंं संस्करणको ‘मुन्दुम ट्रेल रेस’ हुँदै

प्रतियोगितामा नौ समूहको सहभागिता रहने छ । एक समूहमा तीन महिला र तीन पुरुष गरी छ जना सहभागी हुनेछन् ।

भोजपुर, ३ असार । भोजपुरमा मुन्दुम पदमार्गको प्रवद्र्धनका लागि ‘मुन्दुम ट्रेल रेस’ आयोजना हुने भएको छ । खेलकुद तथा दौडका माध्यमबाट पदमार्गको प्रचारप्रसारमा टेवा पुर्‍याउने लक्ष्यसहित आउँदो शनिवार सातौं संस्करणको दौड प्रतियोगिता आयोजना हुन लागेको बताइएको छ ।

पर्यटकीय स्थल चखेवा भञ्ज्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सिमाना तावाभञ्ज्याङ र पुनःतावाभञ्ज्याङबाट पाँचधारे, रतिया, मझौले, हात्तीखर्क हुँदै चखेवासम्म प्रतियोगिता सञ्चालन हुने आयोजक रिमाचुङ, एजुकेसन एण्ड स्पोर्टस् एकेडेमीका अध्यक्ष पाविहाङ राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा नौ समूहको सहभागिता रहने छ । एक समूहमा तीन महिला र तीन पुरुष गरी छ जना सहभागी हुनेछन् । वर्षायाममा समेत यो पदमार्ग भ्रमणका लागि कुनै पनि समस्या नहुने सन्देश दिन प्रतियोगिता सञ्चालन गरिएको राईले बताउनुभयो ।

प्रतियोगितामा समूहतर्फ पहिलो हुनेले ४० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रोले २० हजार नगद पुरस्कार पाउनेछन् । एकलतर्फ भने क्रमशः १५ हजार, १० हजार र पाँच हजार पाउने आयोजकले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर