लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

दमकका वडा नं ५मा रहेका दुई विद्यालयमा लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

३ जेठ, दमक । झापाको दमक नगरपालिकामा रहेका १० ओटा वडा मध्ये वडा नं ५ पहिलो बालमैत्री घोषणा भएको पनि एक वर्ष पूरा भईसक्यो । बालमैत्री वडाको दिगोपनाका निम्ति वडाले यहाँ रहेका बालबालिकाहरुलाई बालमैत्री नगर सबैको सरोकार, समृद्ध दमक सुखको आधार भन्ने मूल नाराका साथ लागु पदार्थ दुव्र्यसन विरुद्ध सचेतना तथा बालमैत्री वडाको दिगोपना सम्बन्धी अभिमुखिकरण कार्यक्रम वडा भित्र रहेका विद्यालयहरुमा गर्दै आएको छ । यसको प्रभाब चाहि कस्तो छ त ?
हाल झापाको दमकमा पनि लागुऔषध दुव्र्यसनी दिनदिनै बढिरहेको छ । दिनहुँ जसो नै लागुऔषध प्रयोगकर्ता तथा लागुऔषध ओसारपसारमा संलग्न रहेकाहरु पक्राउ परिरहेका छन् । दुव्र्यसनीमा फसिसके पछि बाहिर निकाल्नुभन्दा पनि दुव्र्यसनमा फस्नै नदिनको लागी भनेर वडाले यस्तो सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । भmापाको दमक ५मा रहेको ड्रिमल्याण्ड अंगे्रजी माध्यमिक विद्यालय र मदरल्याण्ड अंगे्रजी माध्यमिक विद्यालयमा मंगलबार दमक नगरपालिका वडा नं ५ को आयोजना र वडा बाल सञ्जालको समंन्वयमा लागु पदार्थ दुव्र्यसन विरुद्ध सचेतना तथा बालमैत्री वडाको दिगोपना सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा सहभागि विद्यार्थीहरुले यस अभिमुखिकरण कार्यक्रमले लागुऔषधको असरहरुको बारेमा बुझाएको र आफ्नो छरछिमेक साथै दुब्र्यसनीमा फसेकाहरुलाई कसरी सचेत गराउन सकिन्छ भन्ने कुराको ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।

यस्ता प्रकृतीका कार्यक्रममा युवालाई कुलतबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ कार्यक्रमकी सहभागी तथा ड्रिमल्याण्ड अंगे्रजी माध्यमिक विद्यालयकी छात्रा समृद्धी गौतम ।

यस्ता प्रकारका अभिमुखिकरण कार्यक्रले टिन एजर लाई सचेत बनाउन मद्धत पुग्ने बताउनुहुन्छ ड्रिमल्याण्ड अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक मनोज बुढाथोकी

दमक नगरपालिका ५ का कार्यबहाक वडाध्यक्ष खड्ग बहादुर राई वडालाई बालमैत्री घोषणा गरिसकेपछि वडाका बालबालिकाको अवस्था र यसलाई दीगोपना दिनका लागि साथै लागूऔषध दुब्र्यसनी बढिरहेको समयमा बालबालिकामा सचेतना फैलाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको सुनाउनुहुन्छ ।

पछिल्लो समय टिनएजर हरु लागू औषधको दुब्र्यसनमा फस्ने क्रम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रमपनि टिन एजर लक्षित राखिएको वडा कार्यालयको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा