भद्रपुरमा एम्बुलेन्स सेवा शुल्क सार्वजनिक

भद्रपुर, ३ असार — भद्रपुर नगरपालिकाले नगरवासीका लागि एम्बुलेन्स सेवा उपयोग गर्दा लाग्ने शुल्क निर्धारण गर्दै बिर्तामोड, दमक, धरान र विराटनगरजस्ता गन्तव्यहरूसहितको दररेट सार्वजनिक गरेको छ।

साथै, जेष्ठ नागरिक, विपन्न वर्गका नागरिक तथा गर्भवती महिलाहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ।

नगरप्रमुख गणेश पोखरेलद्वारा हस्ताक्षरित यो कार्यविधि २०८२ सालदेखि लागू गरिएको हो।

स्थानीय तहको सेवा पहुँचलाई जनमुखी बनाउने उद्देश्यले जारी गरिएको यो निर्णयले भद्रपुर नगरपालिका स्वास्थ्य सुरक्षामा संवेदनशील र जिम्मेवार रहेको सन्देश दिएको छ।

यस्तो छ दररेट :
भद्रपुर नगरभित्र १०००
भद्रपुर – बिर्तामोड १०००
भद्रपुर – दमक १५००
भद्रपुर – धरान ४०००
भद्रपुर – विराटनगर ४००००

विशेष वर्गका लागि कस्तो छ छुट व्यवस्था ?

१. ७० वर्षदेखि ८० वर्षसम्मका नेपाली नागरिकहरूलाई एम्बुलेन्स भाडामा ५० प्रतिशत छुट दिइनेछ।
२. ८० वर्षभन्दा माथिका नागरिकहरूलाई एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरिनेछ।
३. नगरपालिकाभित्रका स्थायी बासिन्दा र स्वास्थ्य संस्थाको सिफारिससहित सेवा लिने गर्भवती महिलाहरूलाई एम्बुलेन्स सेवा निःशुल्क दिइनेछ।
४. नगरपालिकाले विपन्नको सूचीमा राखेका नागरिकहरूलाई पनि सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरिनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही